कीवर्डहरू -

सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भएको हो । 

ग्यालेक्सी एम ३५ मा एक्सिनोस १३८० प्रोसेसर प्रयोग गरिएको छ । ८ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज सुविधा रहेको छ । 

आन्तरिक स्टोरेजलाई एसडीकार्डबाट समेत बढाउन सकिने छ । यसमा सामसङले ४ वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने बाचा कम्पनीले गरेको छ । 

एन्ड्रोडइमा १४ मा आधारित वान युआई ६.१ मा चल्ने ग्यालेक्सी एम ३५ फोनमा ६.६ फुल एचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ । फोनले सूर्यको उज्यालो प्रकाशमा पनि स्पष्ट र जीवन्त कन्टेन्टको आनन्द दिने सामसङको दावी छ ।

६ हजार एमएएच ब्याट्री रहेको यसमा २५ वाटको फास्ट चार्जिङ सपोर्ट सुविधा रहेको छ । यसको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सुविधा उपलब्ध रहेको छ । 

फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेल म्याक्रो क्यामेरा राखिएको छ, जसबाट फोरके रेकर्डिङ र स्लो मोसन भिडियो खिच्न सकिन्छ । यसको फ्रन्ट क्यामेरा १३ मेगापिक्सेलको रहेको छ । 

ग्यालेक्सी एम ३५, एम थ्रि सिरिजको पहिलो फोन हो, जसले डल्बी एटमस सपोर्ट गर्दै स्टेरियो स्पीकर सुविधा प्रदान गर्दछ । तर फोनमा हेडफोन ज्याक भने उपलब्ध छैन् । 

फोनको पावर बटनमा साइड माउन्ट गरिएको फिंगरप्रिन्ट रहेको छ भने वाईफाई सिक्स, ब्लुटुथ ५.३, युएसबी सी लगायतको पनि सुविधा रहेको छ । 

ग्यालेक्सी एम ३५ फाइभजी गाढा निलो, खैरो र हल्का निलो रङमा आउने छ । ८ जीबी र्‍याम र २५६ जीबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ । फोन देशभरका सबै सामसङ आउटलेटमा उपलब्ध रहेको छ । 

साथै इन्स्टा फाइनान्सबाट शुन्य प्रतिशत ब्याजमा ईएमआईमा यो फोन खरिद गर्न सकिने छ भने अर्को स्टोर र सबको फोनबाट एक्सचेन्ज सुविधामा समेत फोन खरिद गर्न सकिने छ ।