सानिमा बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुने भएको छ । सानिमा बैंकले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा यही २०८२ मंसिर १४ गतेदेखि बन्द हुने भएको हो ।
इन्टरनेट बैंकिङका प्रयोगकर्ता न्युन रहेको र डिजिटल भुक्तानीका अन्य माध्यम लोकप्रिय हुँदै गएपछि सेवा बन्द गर्न लागेको हो ।
यसबाट ग्राहकहरुमा हुन गएको असुविधाका लागि क्षमायाचना गर्दै समझदारी र निरन्तर साथको अपेक्षा गरेको बैंकले जनाएको छ ।

आईसीटी समाचार