कीवर्डहरू -

डिजिटल नेपाल कन्क्लेभमा डिजिटल प्रडक्ट, परियोजना र इनिसियटिभ्सहरू प्रदर्शनी गर्न सकिने

डिजिटल नेपाल कन्क्लेभमा डिजिटल प्रडक्ट, परियोजना र इनिसियटिभ्सहरू प्रदर्शनी गर्न सकिने

आगामी जेठ २५ गते काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिजिटल नेपाल कन्क्लेभ २०२४ मा डिजिटल रूपान्तरणमा र डिजिटल नेपाललाई सघाउने डिजिटल प्रडक्ट, परियोजना र डिजिटल इनिसियटिभ्सहरू प्रदर्शनी र आईडिया प्रस्तुत गर्न सकिने भएको छ । 

वर्षकै ठूलो डिजिटल सम्मेलनको रूपमा आयोजना हुने डिजिटल नेपाल कन्क्लेभमा आफ्नो डिजिटल प्रडक्ट, परियोजना र डिजिटल इनिसियटिभ्सहरू प्रदर्शनीका आईडिया प्रस्तुत गर्न सकिने भएको हो । 

कन्क्लेभमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि लगायत आईटीमा रूची भएका ८०० बढी व्यक्तिहरूको सहभागी हुनेछन् । 

आफ्नो डिजिटल प्रडक्ट, परियोजना र डिजिटल इनिसियटिभ्सहरूका लागि सम्भावित ग्राहक पहिचान गर्न उपयुक्त माध्यम हुने सक्ने आयोजक संस्था आईसीटी फाउन्डेसन नेपालले जनाएको छ ।

फाउन्डेसनका अनुसार विशेष गरी डिजिटल रूपान्तरण र डिजिटल नेपाललाई सपोर्ट गर्ने डिजिटल पहलहरूलाई स्थान दिइने छ ।

कन्क्लेभमा प्रदर्शनीका साथै  डिजिटल रूपान्तरणमा सघाउने आईडियाहरू पनि प्रस्तुत गर्न सकिने छ । प्रस्तुतीकरणका लागि ५ मिनेटको समय दिइने छ । प्रदर्शनी र प्रस्तुतीकरणमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । 

यस पटकको डिजिटल नेपाल कन्क्लेभमा हार्मोनाइजिङ डिजिटाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित रहेर ८ बढी सेसनहरू सञ्चालन हुँदै छन् । कन्क्लेभमा यदी तपाई सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी टिकट खरिद गर्न सक्नुहुनेछ ।