कीवर्डहरू -

आठ महिनामा १९ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात

आठ महिनामा १९ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात

चालू आर्थिक वर्षको आठ महिनामा १९ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म १९ अर्ब ३७ करोड ७७ लाख रुपैयाँको स्मार्टफोन नेपाल भित्रिएको हो । 

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा १९ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ बराबरको १२ लाख ४९ हजार ४८१ यूनिट स्मार्ट फोन आयात भएको छ ।

स्मार्टफोन आयातबाट सरकारलाई ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १६ अर्ब ६० करोड २ लाख ७३ हजार रुपैयाँ बराबरको १० लाख ९४ हजार ८ सय ८९ युनिट स्मार्टफोन भित्रिएको थियो ।