कीवर्डहरू -

क्रोम ब्राउजरका केही सर्टकट टिप्स

क्रोम ब्राउजरका केही सर्टकट टिप्स

गुगल क्रोम हाल विश्वका अरबौं मानिसहरूद्वारा प्रयोग भइरहेको छ । क्रोम मोबाइलबाट डेस्कटपमा प्रयोग भइरहेको छ । यही कारणले आज हामी तपाईलाई गुगल क्रोमका केही टिप्स र ट्रिक्स बताउनेछौं जसको बारेमा तपाईलाई थाहा नहुन सक्छ ।

किबोर्ड सर्टकटहरू 

  • नयाँ ट्याब खोल्नको लागिः Ctrl + T
  • ट्याब बन्द गर्नः Ctrl + W
  • अन्तिम पल्ट बन्द गरिएको ट्याब खोल्नः Ctrl + Shift + T
  • नयाँ विन्डो खोल्नका लागिः Ctrl + N
  • इन्कग्निटो मोडमा नयाँ विन्डो खोल्नः Ctrl + Shift + N
  • विभिन्न ट्याबहरू बीच नेभिगेट गर्नः Ctrl + Tab वा Ctrl + Shift + Tab

इन्कग्निटो मोड

इन्कग्निटो मोडमा ब्राउज गर्न, Ctrl + Shift + N थिच्नुहोस् । ब्राउजिङ हिस्ट्री, कुकीज र क्यास यस मोडमा भण्डारण हुँदैन् ।

पिन ट्याब

महत्त्वपूर्ण ट्याबहरू पिन गर्न, ट्याबमा दायाँ क्लिक गर्नुहोस् र “पिन ट्याब“ चयन गर्नुहोस् । यसले ट्याबलाई सानो बनाउँछ र संयोगवश बन्द हुँदैन् ।

सर्च बार (ओम्निबक्स) को प्रयोग 

क्रोमको एड्रेस बारलाई (ओम्निबक्स भनिन्छ) जसले खोज पट्टीको रूपमा पनि कार्य गर्दछ । तपाईं गणना, एकाइ रूपान्तरण र सीधा वेबसाइटहरू खोज गर्न सक्नुहुन्छ ।

पासवर्ड म्यानेजर

गूगल क्रोममा तपाइँको लगइन क्रेडेन्सियल सुरक्षित रूपमा भण्डारण गर्न र व्यवस्थापन गर्नको लागि निर्मित पासवर्ड म्यानेजर हुने गर्दछ । तपाईं सेटिङ्गमा गएर यसलाई पहुँच गर्न सक्नुहुन्छ ।

सिंक सुविधा

गुगल अकाउन्टका साथ साइन इन गर्नुहोस् र आफ्नो बुकमार्क, पासवर्ड, र एक्स्टेन्सनहरू सिंक गर्नुहोस् ताकि तपाईं कुनै पनि डिभाइसमा समान अनुभव पाउन सक्नुहुन्छ । यसको मद्दतले तपाईले आफ्नो अघिल्लो प्रणालीको बुकमार्क, पासवर्ड, इतिहास आदि अन्य सिस्टममा पनि सिङ्क गर्न सक्नुहुन्छ ।