कीवर्डहरू -

स्प्यारो एसएमएसले मनायो १४ औं वार्षिकोत्सव, प्रतिवर्ष आदान प्रदान हुन्छन् २० करोड एसएमएस

स्प्यारो एसएमएसले मनायो १४ औं वार्षिकोत्सव, प्रतिवर्ष आदान प्रदान हुन्छन् २० करोड एसएमएस

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले १४ औं वार्षिकोत्सव मनाएको छ । विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै आएको स्प्यारो एसएमएसले बुधबार १४ औं वार्षिकोत्सव मनाएको हो ।

 कम्पनीले सूचनामा सजिलो पहुँच पुर्‍याउन एसएमएसमार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारी र गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

१४ औं वार्षकोत्सवको अवसरमा स्प्यारो एसएमएसका सीईओ मनोज थापाले सबैलाई धन्यवाद दिदै नवीनताको यात्रा जारी राख्ने बताए । 

स्प्यारो एसएमएसले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै गरिरहेको छ । एसएमएस बाटै तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने, श्रम स्वीकृतिको स्थिति सम्बन्धी सूचना एसएमएसमार्फत प्रदान गर्दे अत्यावश्यक पहुँच हुनगई छोटो समयमानै आवश्यक सूचनाहरु प्राप्त गर्न अत्यन्तै सहज भएको छ । 

उक्त सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि अत्यन्तै सहजता थपेको छ ।   

सामाजिक हितका लागि स्प्यारो एसएमएसले प्रदान गर्दे आएको यस्ता परियोजनाले सामाजिक हितका लागि प्रविधिबाट भरपुर फाईदा पुगेको कम्पनीले जनाएको छ । 

१४ वर्षको अवधिमा भाइबर बिजनेस र ह्वाट्सएप म्यासेजिङ जस्ता प्रशिद्ध अन्तर्राष्ट्रिय सञ्चार प्लेटफर्महरू नेपालमा भित्र्याएको थियो ।  

यस रणनीतिक सहकार्यले स्प्यारो एसएमएसको विश्वव्यापी पहुँचलाई मात्र विस्तार गरको मात्रै छैन, यसले सिमारहित कनेक्टिभिटीलाई बढाउँदै विश्वभरका प्रयोगकर्ताहरुका लागि सञ्चार अनुभवलाई पनि समृद्ध बनाएको छ ।

कम्पनीले इन्टरप्राईजेज बिजनेस सञ्चार प्रदायकको रुपमा इन्टरप्राइज केन्द्रित सेवाले व्यवसायहरुलाई परिष्कृत सन्देश प्रवाह गर्दै ग्राहक संलग्नता र व्यापार वृद्धिलाई अत्यन्तै प्रभावकारी बनाउन सहयोग जनाएको छ ।