कीवर्डहरू -

टिसीएलका वायरलेस साउन्डबार नेपाली बजारमा

टिसीएलका वायरलेस साउन्डबार नेपाली बजारमा

घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ । टिसीएलका साउन्डबारहरूले मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

 वायरलेस सबवूफरले राम्रो क्वालिटीको बेस थप्छ भने घरको आराममा थिएटर जस्तो वातावरण  महसुस गराउने कम्पनीको दाबी छ । 

टिसीएल साउन्डबारहरूले ब्लुटुथमार्फत वायरलेस काम गर्ने जनाइएको छ । टिसीएलका एस६४३डब्लु , एस५२२डब्लु र एस३३२डब्लु गरि ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन् ।

सहज रूपमा आफ्ना हरेक डिभाइससँग टिसीएलका साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन सकिने बताइएको छ ।