कीवर्डहरू -

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु

फागुन १८ अर्थात आजबाट डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ । दुई दिन चल्ने यो कन्क्लेभ कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा ४० बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता भईरहेको छ। 

आज कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माद्वारा डिजिटली पानसमा बत्ती बालेर डिजिटल कर्णाली कन्क्लेभको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुव्र घिमिरेले स्वागत मन्तव्य राख्दै भने '२ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०२४ मा डिजिटल रुपान्तरण, डिजिटल नेतृत्व, डिजिटल पूर्वाधार, डिजिटल उद्यमशीलता लगायतका विषयमा वृहत् छलफल हुनेछ। यो छलफल डिजिटल कर्णालीको लागि कोसेढुंगा सावित हुने विश्वास गरेका छौँ। यसले डिजिटल कर्णालीका लागि आवश्यक नीति तथा कानुन निर्माण बनाउ र रणनीति तयार गर्न सघाउने छ ।'

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहेको कार्यक्रममा ५० बढि विज्ञ र सरोकारवालाहरु वत्ताको रुपमा रहेका छन् । सुर्खेत वीरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुँदै गरेको सो कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरुको बाक्लो उपस्थिति छ । कन्क्लेभमा अन्य ६ प्रदेशहरुबाट पनि सम्न्धिबत मन्त्री र सचिवहरुलाई निमन्त्रणा गरिएको छ ।

पूर्वमन्त्री तथा आईसीटी फाउन्डेसन नेपालका संरक्षक गणेश शाहले पनि स्वागत मन्तव्य राख्दै भने 'कर्णालीको डिजिटल यात्रालाई अगाडि बढाउन यो कन्क्लेभ महत्त्वपूर्ण हुनेछ। अब डिजिटल कर्णालीका लागि स्थानीय तहलाई पनि तयार गर्नुपर्छ । सँगसँगै डिजिटल कर्णाली फ्रेमवर्क बनाउन पनि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दछु । सुर्खेत नेपालको सिलिकन भ्याली बन्न सक्छ ।'

कन्क्लेभमा ४ वटा महत्वपुर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन । यसैगरी नेतृत्वमा रहेका बिशिष्ट व्यत्तिहरुको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरुबाट कार्यक्रमको सुरुवात गरिएको छ भने डिजिटल रुपान्तरणको प्रतिवद्धता र टेकअवेको रुपमा कार्यक्रमलाई समापन गरिनेछ । 

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरुले जानकारी दिएका छन । 

राष्ट्रिय तथा स्थानीय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानीय उत्पादन, कृषि, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवर्द्धन गर्नपनि कन्क्लेभले जोड दिनेछ । नेतृत्वमा बस्ने र नीति निमार्णमा पनि डिजिटल बुझाईको ग्याप रहेको हुँदा कन्क्लेभले डिजिटल साक्षरतामा पनि जोड दिने मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका संस्थाहरुलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रहरुमा प्रविधिको प्रयोगमार्फत भइरहेका सकरात्मक प्रयासहरुलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतिको लागि अवसर प्रदान गरिएको छ । 

कार्यक्रमलाई लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।