कीवर्डहरू -

फोनमा बारम्बार एप क्र्यास भइरहेको छ ? यसरी गर्नुहोस् समाधान

फोनमा बारम्बार एप क्र्यास भइरहेको छ ? यसरी गर्नुहोस् समाधान

एप क्र्यास हुनु स्मार्टफोनको प्रयोगमा सामान्य समस्या हो । खोल्ने प्रयास गर्दा एप अचानक बन्द हुनुले जो कोहीलाई सताउन सक्छ ।

एन्ड्रोइड फोनमा एप क्र्यास हुनुका धेरै कारण हुन सक्छन् । एप क्र्यास हुनुको प्रमुख कारणमा पुराना एप, करपटेड एप डाटा र सफ्टवेयरसँग सम्बन्धित कुनै पनि समस्या पर्छन् ।

यसबाहेक, यो फोनमा स्टोरेज समस्या वा एप अनुमतिको कारण पनि हुन्छ । एप क्र्यास हुने समस्यालाई केही सुझावहरू पालना गरेर समाधान गर्न सकिन्छ ।

स्मार्टफोनमा एप क्र्यास हुँदा के गर्ने ? 

फोन पुनः स्टार्ट गर्नुहोस्

यदी आफ्नो स्मार्टफोनमा एप क्र्यास हुने समस्याको सामना गर्दै हुनुहुन्छ भने, फोन रिस्टार्ट गर्नु यसको समाधान हुन सक्छ । फोन अफ गरेपछि, एपलाई फेरि अन गरेर जाँच गर्न सकिन्छ ।

सफ्टवेयर अपडेट

यदि तपाइँको फोनमा आउने सफ्टवेयर अपडेटहरू अक्सर बेवास्ता गर्नुहुन्छ भने, यो पनि एप क्र्यासको कारण मान्न सकिन्छ ।

पुरानो सफ्टवेयरसँग एपहरूको कम्प्याटिबीलीटी सम्बन्धमा समस्या छ । यस्तो अवस्थामा फोन अपडेट गर्नु उचित हुन्छ ।

एप अपडेट गर्नुहोस्

यदि यो समस्या फोनमा एउटा मात्र एपमा परेको छ भने एप अपडेट गर्नु नै यसको समाधान हुन सक्छ । तपाईं प्ले स्टोरमा गएर एप खोज्न सक्नुहुन्छ र अपडेटमा क्लिक गर्न सक्नुहुन्छ ।

इन्स्टल गरिएको एप हटाएर पुनः इन्स्टल गर्ने

यदि फोनमा एप क्र्यास भइरहेको छ भने, तपाईं यो एप अनइन्स्टल गर्ने विकल्पमा जान सक्नुहुन्छ । यद्यपि, यो एप आवश्यक छ भने प्ले स्टोरमा गएर एप पुनः इन्स्टल गर्न सकिन्छ ।