कीवर्डहरू -

सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य

सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य

सामसङ नेपालले तीन वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए २५ फाइभजी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को मूल्य दुई हजार रुपैयाँसम्म घटाएको हो । 

सामसङका अनुसार अब ग्यालेक्सी ए २५ फाइभजी ४२ हजार ९९९ रूपैयाँ, ग्यालेक्सी एम १४ एलटीई २० हजार ९९९ रूपैयाँ र ग्यालेक्सी ए ०५ १७ हजार ९९९ रूपैयाँमा खरिद गर्न सकिने छ । 

सामसङले निरन्तररूपमा सुर्वसुलभ मूल्यहरूमा शीर्षस्तरीय प्रविधिहरू प्रदान गर्दै आइरहेको भन्दै स्मार्ट फोनहरुका साथमा निःशुल्क रुपमा सामसुङ २५ वाटको फास्ट चार्जिङ एड्याप्टर पनि प्राप्त गर्न सकिने जनाएको छ ।

साथै सामसङ इन्स्टा फाइनान्समार्फत शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामसङका स्मार्टफोन खरिद गर्न सकिने छ ।