कीवर्डहरू -

स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने प्रविधि

स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने प्रविधि

स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ । पहिलेको जमानामा फोनबाट सीमित काम मात्र हुन्थ्यो ।

तर जबदेखि फोनसँग 'स्मार्ट’ शब्द जोडिएको छ, त्यसको परिभाषा नै फेरिएको छ । अहिले धेरै जसो काम फोन बिना गर्न सकिँदैन् ।

अहिले जुन गतिमा प्रविधिको विकास र विस्तार भइरहेको छ, त्यसलाई हेर्दा स्मार्टफोनको प्रतिस्थापन धेरै टाढा छैन जस्तो देखिन्छ ।

आज हामी तपाईलाई केही प्रविधिहरू बारे जानकारी दिदैछौं, जसले भविष्यमा स्मार्टफोनको प्रयोगलाई प्रतिस्थापन गर्न सक्छन् । 

वेयरेबल एआई पिन

वेयरेबल एआई पिन, प्रविधिको संसारमा एकदमै नयाँ डिभाइस हो । धेरै छोटो समयमा यसले स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने संकेत गर्न थालेको छ । यो सानो डिभाइस तपाईंको शर्टको खल्तीमा क्लिप हुन्छ र स्मार्टफोन आवश्यक पर्ने कार्यहरू सबै गर्न सक्छ ।

एआई पिनसँग च्याट गर्दा च्याटजीपीटी जस्तै तरिकाले कुराकानी गर्न सकिन्छ । सिरी वा एलेक्सामा सोधिने जस्ता प्रश्नहरू सोध्न सकिन्छ । एआई पिन ओपनएआईको जीपीटी फोर मोडेलद्वारा संचालित छ ।

रे–ब्यान मेटा स्मार्ट चश्मा

स्मार्टफोनबाट गर्न सकिने काम चश्मामार्फत गर्न सकियो भने कस्तो होला ? एकपटक कल्पना गर्नुस् त । पक्कै पनि सहज हुन्छ र रे–ब्यान मेटा स्मार्ट चश्माले यो सम्भव पार्ने गर्दछ ।

रे–ब्यान स्मार्ट चश्मा केही समय अघि मात्र मेटाद्वारा प्रस्तुत गरिएको थियो । यसमा १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ भने अडियोको समेत सुविधा छ ।

यो स्न्याड्रयागन एआर वान जेन वान चिपद्वारा सञ्चालन हुन्छ । यसमा १५० भन्दा बढी कस्टम फ्रेम र कम्बिनेसन लेन्स उपलब्ध छन् । यो चश्मा ब्ल्याक म्याट र चम्किलो कालो रंगमा उपलब्ध छ । 

स्मार्ट रिंग

स्मार्टफोनको सट्टा स्मार्टवाच प्रयोग गर्ने अवधारणा अहिले पुरानो भइसकेको छ किनभने स्मार्ट रिङ्हरू बजारमा आइरहेका छन्, जसबाट स्मार्टफोनबाट गर्न सकिने धेरै कामहरू गर्न सकिन्छ ।

सामसङले पनि केही समय अगाडि ग्यालेक्सी स्मार्ट रिङको झलक देखाएको थियो । ग्यालेक्सी स्मार्ट रिंग केही उन्नत प्रविधिहरूका साथ आउँनेछ, जसले स्मार्टफोनको प्रतिस्थापन गर्न सक्ने छ ।

सामसङ बाहेक अन्य धेरै कम्पनीका स्मार्ट रिङ्ग पनि उपलब्ध छन् ।

एआर, भिआर प्रविधि

पछिल्ला केही वर्षमा एआई भिआर जस्ता आधुनिक प्रविधिले स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने संकेत गरेको छ । अगमेन्टेड रियालिटी (एआर) भर्चुअल प्रविधिमा आधारित छ ।

यसमा हामीले जे देख्छौं, त्यो भर्चुअल संसारमा मात्रै भइरहेको हुन्छ तर वास्तविक संसारसँग त्यसको कुनै सान्दर्भिकता हुँदैन् ।

त्यसैगरी भिआर अर्थात् भर्चुअल रियालिटी अग्मेन्टेड रियालिटीको विपरित हो । भर्चुअल रियालिटीमा वास्तविक संसारको सट्टा फरक भर्चुअल संसार बनाइन्छ ।

यसका लागि दृश्य र ध्वनि प्रयोग गरिन्छ । यसका लागि हेडसेट बनाइएको छ, जसमा क्यामेरा रहेको हुन्छ ।एआई, भिआर प्रविधिमा अहिले विश्वका विभिन्न कम्पनीहरूले काम गरिरहेका छन् ।