कीवर्डहरू -

लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक

लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक

जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । 

नेपालमा इलेक्ट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्यसहित लाइफ टाइम ब्याट्री अस्योरेन्सको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । 

ब्याट्री अस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । 

नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरू उपलब्ध हुनेछ । टिभिएस आईक्यूबको मूल्य २ लाख ९९ हजार ९०० रूपैयाँ तोकिएको छ ।  ​​​​​

टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरूले नेपालमा १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्बन उत्सर्जन हुन रोकेको कम्पनीले जनाएको छ ।