कीवर्डहरू -

कतार एयरवेजको वेबसाइटबाट हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट

कतार एयरवेजको वेबसाइटबाट हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् । 
 
छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ ।

यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकले जनाएको छ । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउन सक्नेछन् ।