कीवर्डहरू -

गरिमा विकास बैंकका ग्राहकलाई मेन्टरल्याबको कोडिङ्गलको सेवामा ६० प्रतिशतसम्म छुट

गरिमा विकास बैंकका ग्राहकलाई मेन्टरल्याबको कोडिङ्गलको सेवामा  ६० प्रतिशतसम्म छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । सम्झौता पश्चात् गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूले उपलब्ध गराउने विभिन्न सामग्री तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकका ग्राहकहरूले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्था कोडिङ्गलको अधिकृत साझेदार मेन्टरल्याबले प्रवाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् । मेन्टरल्याबले बालबालिकाहरूलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ । 

यसैगरी विकास बैंकका ग्राहकहरूले लगनखेल ललितपुरमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केट का वस्तु तथा सेवाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।