कीवर्डहरू -

बढ्दै डिजिटल भुक्तानीको प्रयोग, वैशाखमा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार

बढ्दै डिजिटल भुक्तानीको प्रयोग, वैशाखमा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार

वैशाख महिनामा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार क्युआर कोडबाट ५२ अर्ब ७५ करोड ७० लाख कारोबार भएको छ । 

गत चैतमा क्युआरमा आधारित कारोबार ४५ अर्ब रहेको थियो । पछिल्लो समय नेपालमा विद्युतीय भुक्तानीको प्रयोग बढ्दै जाँदा कारोबार रकम समेत बढ्दै गएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाखमा मोबाइल बैंकिङ, , कनेक्ट आईपीएस, वालेट जस्ता विद्युतीय माध्यमबाट हुने कारोबारमा वृद्धि भएको छ । 


वैशाखमा मोबाइल बैंकिङमा ३ खर्ब २० करोड, इन्टरनेट बैंकिङबाट १२ अर्ब, कनेक्ट आईपीएसबाट ५ खर्ब २२ अर्ब , डिजिटल वालेटबाट २८ अर्बको कारोबार भएको छ । 

गत चैतमा मोबाइल बैंकिङबाट २ खर्ब ९८ अर्ब, इन्टरनेट बैंकिङबाट १४ अर्ब, वालेटबाट २६ अर्ब र कनेक्ट आईपीएसबाट ५ खर्ब १३ अर्बको कारोबार भएको थियो ।