कीवर्डहरू -

भिभो भी ३० स्मार्टफोन प्रि-बुकिङ गर्दा इयरबड निःशुल्क

भिभो भी ३० स्मार्टफोन प्रि-बुकिङ गर्दा इयरबड निःशुल्क

स्मार्टफोन भिभो भी ३० नेपालमा प्रि-बुकिङ खुला भएको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी ३० मा मा ५० मेगापिक्सलको अटोफोकश अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ । 

भी ३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट छ । क्वालकम स्न्यापड्रयागन ७ जेन ३ प्रोसेसर प्रयोग गरिएको फोनले  न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्ने कम्पनीको दावी छ ।

साथै, यसमा ५ हजार एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको रहेको छ ।  आगामी १३ तारिखसम्म भिभो भी ३० प्रि–बुकिङ्ग गर्न सकिने छ ।

प्रिबुकिङमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरुले ३००० रूपैयाँमा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन् । भीभो बी ३० स्मार्टफोनको मूल्य नेपाली बजारमा ६० हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।