कीवर्डहरू -

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । 

यसमा मिडिया टेकको हेलियो जी ८५ प्रोसेसर प्रयोग गरिएको छ भने ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज राखिएको छ । 

भीभो वाई १८ फोन डष्ट र स्प्लास रेसिस्टेन्ट रहेको छ । यसमा एन्ड्रोइड १४ मा आधारित फनटच १४ ओएस रहेको छ । 

यसको रियर क्यामेरा ५० मेगापिक्सेल रहेको छ ने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । 

यसमा साइड माउटेड फिंग्रप्रिन्ट, ३.५ एमएम हेडफोन ज्याक १५ वाट चार्जिङ लगायतका सुविधा छन् । नेपाली बजारमा भीभो वाई १८ को मूल्य १७ हजार ९९९ रूपैयाँ रहेको छ ।