कीवर्डहरू -

माइक्रोसफ्ट पावरपोइन्ट चलाउनु हुन्छ ? यी हुन उपयोगी शर्टकट

माइक्रोसफ्ट पावरपोइन्ट चलाउनु हुन्छ ? यी हुन उपयोगी शर्टकट

माइक्रोसफ्ट पावरपोइन्ट हामी आफ्नो प्रस्तुती बनाउनका लागि धेरैले प्रयोग गर्छौं । 

यसबाट एउटा राम्रो प्रजेन्टेसन बनाउन सकिन्छ, जसले डेटालाई स्लाइडको रूपमा तयार गर्दछ । यसबाट सरल तरिकाले कुनै पनि विषयको विवरणलाई प्रस्तुत गर्न प्रेजेन्टेसन बनाउन सकिन्छ । 

आज हामी माइक्रोसफ्ट पावरपोइन्टमा धेरै प्रयोग हुने शर्टकर्टको बारेमा जानकारी दिदैछौं, जसले तपाईको कामलाई सहज बनाउने छ । 

यस्ता छन् उपयोगी शर्टकर्ट

Ctrl + N – नयाँ प्रेजेन्टेसन सिर्जना गर्न ।

Ctrl + O – अघिल्लो प्रेजेन्टेसन खोल्न ।

Ctrl + S – प्रेजेन्टेसन सेभ गर्न ।

Alt + F2 or F12 – सेभ एज विन्डो खोल्न ।

Ctrl + W or Ctrl + F4  –   प्रेजेन्टेसन बन्द गर्न ।

Ctrl + Q – प्रजेन्टेसन सेभ तथा बन्द गर्न ।

Ctrl + Z – अन्तिम कार्य हटाउन ।

Ctrl + Y – अन्तिम कार्य दोहोर्याउन ।

Ctrl + F2 – प्रिन्ट प्रिभ्यू गर्न ।

F1 – हेल्पका लागि ।

Alt + Q – टेल मी वाट यूवान्ट टू डू बक्स खोल्न । 

F7 – हिज्जे जाँच गर्न ।

Alt or F10 – मेनु बार खोल्न वा बन्द गर्न ।

Ctrl + F1 – रिबन लुकाउन वा देखाउन ।

Ctrl + F – सर्च बक्स खोल्न ।

Alt + F – फाइल मेनु खोल्न ।

Alt + H – होम ट्याब खोल्न ।

Alt + N – इन्स्र्ट ट्याब खोल्न ।

Alt + G – डिजाइन खोल्न ।

Alt + K – ट्रान्जिसन ट्याब खोल्न ।

Alt + A – एनिमेसन ट्याब खोल्न ।

Alt + S – स्लाइड शो ट्याब खोल्न ।

Alt + R – रिभ्यू ट्याब खोल्न ।

Alt + W – भ्यूू ट्याब खोल्न ।

Alt + X – एड इन ट्याब खोल्न ।

Ctrl + Tab – खोलिएको प्रजेन्टसन एकबाट अर्कोमा सार्नको लागि ।