कीवर्डहरू -

साइबर अपराधबाट जोगिने तरिका

साइबर अपराधबाट जोगिने तरिका

सूचना प्रविधि प्रयोग र विस्तार बढ्दै जाँदा साइबर सुरक्षाको जोखिम पनि बढिरहेको छ । जति जति प्रविधिको विकास भइरहेको छ, उति उति साइबर अपराधका घटना समेत बढ्दै छन् ।

पछिल्लो समय साइबर अपराधका घट्ना पनि बढिरहेको प्रहरीको तथ्यांकले देखाउँछ । यस्ता साइबर सुरक्षाको जोखिमलाई कम गर्न नेपालमा विभिन्न संस्थाहरूले जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । 

यसै क्रममा नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर सुरक्षा सम्बन्धी टिप्स बताएको छ । यस्ता छन् ब्यूरोले सुझाएका टिप्स । 

सुरक्षित पासवर्ड प्रयोग गर्ने

  • अकाउन्ट पिच्छे फरक पासवर्ड प्रयोग गर्नुहोस् । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुहोस् ।
  • पासवर्डसँगै थप सुरक्षाको लागि २ एफए वा एमएफए (पाववर्ड र ओटीपी कोड) प्रयोग गर्नुहोस् । 

अप्रत्याशित लिंक वा नभरेको चिट्ठा पर्यो ?

  • एसएमएस/मेसेन्जर/ह्वाट्सएपमा जुनसुकै लिंक आएमा विश्वासिलो यकीन नभई जथाभावी क्लिक नगरौं ।
  • विदेशबाट पार्सल/गिफ्ट आएको छ, भन्सार कटाउनुपर्यो भनि रकम माग गरेमा हतारिएर रकम नबुझाऔं ।
  • भर्दै नभरेको चिट्ठा पर्यो भनि मेसेज आएमा प्रलोभनमा नपरौं ।
  • आफ्नो पासवर्ड तथा ओटीपी कसैसँग पनि सेयर नगरौं । 

गोप्य विवरण गोप्य नै राख्ने बानी बसालौं

  • सामाजिक सञ्जालमा अनावश्यक व्यक्तिगत विवरण तथा आपत्तिजनक तस्वीर, भिडियोहरु नराखौं ।
  • विभिन्न माध्यमबाट आउने लिंक, एप्स, वेबसाइट, अनलाइन फारामहरु आदिबारे सचेत रहौं । 

आर्थिक कारोवारबारे सचेत रहौं

  • ईमेल तथा मोबाइलमा आउने सक्ने आकर्षक उपहार वा चिट्ठाको भर नपर्नुहोस् ।
  • आपत पर्यो भनि चिनेकै व्यक्तिले रकम माग गरेमा फोनकल गरी यकीन समेत गर्नुहोस् । 

प्राविधिको प्रयोगबारे जानकार रहौं

  • आवश्यकता अनुसार कम्प्युटरमा एनटीभाइरस सफ्टवेयर तथा एडब्लकर प्रयोग गर्नुहोस् । 
  • कुनै पनि प्रोग्राम/सफ्टवेयरको सक्कलै प्रति वा संस्करण प्रयोग गर्नुहोस् । 
  • अत्यावश्यक डाटालाई फरक फरक माध्यममा नियमित ब्याकअप गर्नुहोस् ।