कीवर्डहरू -

वाइफाइ राउटरलाई ४ स्थानमा गल्तिले पनि नराख्नुहोस्, सिग्नल स्ट्रेन्थ कमजोर हुनेछ

वाइफाइ राउटरलाई ४ स्थानमा गल्तिले पनि नराख्नुहोस्, सिग्नल स्ट्रेन्थ कमजोर हुनेछ

के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्दा सुस्त इन्टरनेटको कारण धेरै समस्या भएको छ होला । 

यदि वाइफाइ राउटर सही स्थानमा इन्स्टल गरिएको छैन भने, तपाईले जतिसुकै महँगो प्याकेज लिनुभएको भए पनि तपाईले राम्रो इन्टरनेट स्पीड प्राप्त गर्न सक्नुहुन्न् ।  केही यस्ता स्थानहरू छन् जहाँ वाइफाइ राउटरबाट राम्रो सिग्नल शक्ति उपलब्ध हुँदैन् । यस्तो अवस्थामा, आज हामी तपाईलाई त्यस्ता स्थानहरूको बारेमा बताउन गइरहेका छौं जहाँ तपाईले राउटर राख्नु हुँदैन् ।

भुईं तल्लामा राउटर नराख्ने

यदि तपाईको घर धेरै तल्लाको छ भने तपाईले बीचको तल्लामा मात्र वाइफाइ जडान गर्ने प्रयास गर्नुपर्छ र यसको कारण यो हो कि यसले माथिल्लो र तल्लो तल्ला दुवैमा इन्टरनेट  प्रदान गर्दछ जबकि भुईं तल्लामा मात्र वाइफाइ जडान गर्दा वाइफाइको दायरा दुई तल्लामा मात्र सीमित हुन्छ ।

स्टूल वा टेबुलमा राख्ने गल्ती नगर्नुहोस्

धेरै घरहरूमा वाइफाइ राउटर स्टूल वा टेबुलमा राखिएको देखिन्छ, जसका कारण इन्टरनेटको दायरा प्रभावित हुन्छ । वाइफाइ राउटर जहिले पनि केही उचाइमा स्थापना गर्नुपर्छ, यसले जताततै समान फ्रिक्वेन्सी प्रदान गर्दछ र इन्टरनेट जडान राम्रो रहन्छ ।

बन्द कोठामा

यदि तपाईंले घरको बन्द कोठामा आफ्नो वाइफाइ राउटर स्थापना गर्नुभएको छ भने, सम्पूर्ण घरमा इन्टरनेट जडान उपलब्ध नहुने प्रबल सम्भावना छ, वास्तवमा बन्द कोठामा इन्टरनेटको दायरा प्रभावित हुन्छ ।

छोपेर राख्दा
यदि तपाईंले आफ्नो वाइफाइ राउटर कभर भएको भागमा इन्स्टल गरिरहनुभएको छ भने यसका कारण वाइफाइ कभरेज बिग्रन्छ । तपाईंले यसलाई ढाक्नबाट जोगिनै पर्छ । यसरी संकेत शक्ति सुधार गर्न सकिन्छ ।