कीवर्डहरू -

कसरी काम गर्छ डार्क वेब ?

कसरी काम गर्छ डार्क वेब ?

इन्टरनेट हाम्रो जीवनको महत्त्वपूर्ण भाग बनिसकेको छ । कुनै पनि जानकारी लिन, डिजिटल भुक्तानी गर्न, सूचना आदान प्रदान गर्न इन्टरनेट आवश्यक छ । इन्टरनेटको पनि आफ्नै संसार छ । त्यो संसार मध्य एक हो, डार्क वेब ।

डार्क वेब तपाईले धेरै पटक सुन्नु भएको छ होला । विशेष गरी गैरकानुनी कामका लागि डार्क वेब परिचित छ ।  

जसरी हाम्रो पृथ्वीलाई जमिन, आकाश र जल गरी तीन भागमा विभाजन गरिएको छ । त्यसैगरी इन्टरनेटको संसार पनि तीन भागमा विभाजित छ । हामीले जुन इन्टरनेट हेरिरहेका छौं, पढिरहेका छौं वा खोजिरहेका छौं, त्यो सम्पूर्ण इन्टरनेटको एउटा सानो अंश मात्र हो ।

सामान्यतयाः हामीले इन्टरनेटमा जे गरिरहेका हुन्छौं, त्यो सबै ओपन वेब वा सहती वेबको अंश मात्रै हो । हामीले प्रयोग गर्ने इन्टरनेट, सम्पूर्ण इन्टरनेटको ५ प्रतिशत मात्र हो । यसको मतलब, तपाईले गूगल, बिंग वा अन्य कुनै पनि सर्च इन्जिनमा खोजी गरिरहनु भएको छ, यो सबै इन्टरनेट संसारको ५ प्रतिशत मात्र हो । 

डार्क वेब के हो ?

डार्क वेब इन्टरनेटको त्यो भाग हो, जहाँ प्रायजसो गैरकानूनी गतिविधि गरिन्छ । ९५ प्रतिशत इन्टरनेट डीप वेब र डार्क वेब अन्तर्गत आउँछ । हामीले इन्टरनेट सामग्रीको ५ प्रतिशत मात्र प्रयोग गर्छौं, जसलाई सतही वेब भनिन्छ ।

ई–मेल, नेट बैंकिङ, इत्यादि समावेश भएको डीप वेबमा सामग्री पहुँच गर्न पासवर्ड आवश्यक पर्छ । डार्क वेबमा प्रवेश गर्न टोर ब्राउजर प्रयोग गरिन्छ । लागुऔषध कारोबार, हतियार बेचबिखन, चाइल्ड पोर्न जस्ता प्रतिबन्धित गतिविधको काम डार्क वेबमा हुन्छ ।

डार्क वेब इन्टरनेट संसारको त्यो भाग हो, जहाँ तपाईको सर्च इन्जिन पुग्दैन् । यो एक विशेष वेब ब्राउजर मार्फत पहुँच गर्न सकिन्छ । यसको अंश सानो छ । कास्परस्कीका अनुसार यसलाई गहिरो वेबको भाग मानिन्छ ।

एन्क्रिप्शन र द ओनियन राउटर जस्ता नयाँ प्रविधिको मद्दतले मानिसहरूले डार्क वेबमा पहुँच गर्न सक्छन् । डार्क वेबको प्रयोग गैरकानूनी नभए पनि यसका धेरै खतराहरु छन् । यहाँ तपाईं घोटाला, अवैध सफ्टवेयर वा सरकारी निगरानीको शिकार बन्न सक्नुहुन्छ । त्यस कारण आम प्रयोगकर्तालाई इन्टरनेटको यो दुनियाँबाट टाढा रहन सल्लाह दिइन्छ ।

डार्क वेबले कसरी काम गर्छ?

डार्क वेब ओनियन राउटिंग टेक्नोलोजीमा काम गर्दछ। यसले प्रयोगकर्ताहरूलाई ट्र्याकिङ र निगरानीबाट जोगाउँछ भने उनीहरूको गोपनीयता कायम राख्दै डार्क वेब भित्रका विभिन्न भागमा जान दिन्छ ।

सरल शब्दमा, डार्क वेबले ठूलो संख्यामा आईपी ठेगानाहरूबाट जडान र विच्छेद गर्दछ, जसले गर्दा ट्र्याक गर्न असम्भव जस्तै हुन्छ । 

यहाँ प्रयोगकर्ताको जानकारी इन्क्रिप्टेड छ, जुन डिकोड गर्न असम्भव छ । बिटकोइन जस्ता भर्चुअल मुद्राहरू डार्क वेबमा कारोबार गर्न प्रयोग गरिन्छ । लेनदेन ट्रेस गर्न सकिँदैन भनेर यो प्रयोग गरिन्छ ।