कीवर्डहरू -

कम्प्युटरको किबोर्डमा भएको नम-लक बटनको काम के हो ?

कम्प्युटरको किबोर्डमा भएको नम-लक बटनको काम के हो ?

आजकाल कम्प्यूटर र ल्यापटप जताततै प्रयोग गरिन्छ । व्यवसायिकदेखि व्यक्तिगत काममा कम्प्युटर प्रयोग गर्ने हुन्छ ।

तपाईले कम्प्युटर प्रयोग गर्दा किबोर्डमा नमलक भनेर देख्नु भएको छ ? पक्कै पनि देख्नु भएकै होला । देखे पनि यसको प्रयोग धेरैलाई थाहा छैन । यो की किबोर्डको दायाँ छेउमा रहेको संख्यात्मककिप्याडमा अवस्थित हुन्छ । 

किबोर्डमा नमलकले न्यूमेरिक किप्याडलाई दुई मोडमा सक्षम बनाउँछ । यी मोडहरूलाई संख्यात्मक मोड र नेभिगेसन मोड भनिन्छ ।

न्यूमेरिक मोड, किबोर्डको दायाँ छेउमा रहेको न्यूमेरिक किप्याडमा नम लक बटनमा हुन्छ । जब यो बटन अन हुन्छ, संख्यात्मक किप्याडले अंकहरू ० देखि ९ र आधारभूत अंकगणितीय संकेतहरू (+, –, ८, ÷) देखाउँछ । यो मोडलाई न्यूमेरिक मोड भनिन्छ ।

त्यस्तै जब नम लक की बन्द हुन्छ, न्यूमेरिक कीप्याडले नेभिगेसन कीको रूपमा काम हुन्छ । यस मोडमा अंकहरू ८, ४, २,  ६ नम्बर एरोको रूपमा कार्य गर्दछन् ।

यसबाट माथि, तल, बायाँ र दायाँ आदेशहरू दिन सकिन्छ । एकै समयमा, होम, पिएच, अप, एण्ड र पिजी डिएन जस्ता आदेशहरू ३,९,७ र १ जस्ता नम्बरहरू मार्फत दिइन्छ ।

नमलक बटन प्रयोग गर्न पनि धेरै सजिलो छ । केवल एक पटक नम लक बटन थिच्नुहोस् । जब नमलक बटन सक्रिय हुन्छ, किबोर्डको शीर्षमा एलईडी बत्ती देखिन्छ । यदि तपाई नम लक बटन बन्द गर्न चाहनुहुन्छ भने, केवल नम लक  बटन फेरि एक पटक थिच्नुहोस् । जब नम लक  बटन बन्द हुन्छ, किबोर्डको शीर्षमा एलइडी बत्ती बन्द हुन्छ ।