कीवर्डहरू -

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’को आवेदन खुला

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’को आवेदन खुला

ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले www.seedsnep.com वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्ने छन् ।  

'सिड्स फर द फ्युचर’ नेपालको यो ह्वावेको चौथो संस्करण हो । घोषणा कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत, नेपालका लागि चीनका राजदूत एच ई चेन सोङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, विश्वबाबु पुडासैनी, काठमाडौं विश्वविद्यालयका उपकुलपति, भोला थापाको उपस्थिति रहेको थियो ।

नेपालका लागि जनवादी गणतन्त्र चीनका असाधारण र पूर्ण शक्तिका राजदूत चेन सोङ्गले सीड्स फर द फ्युचर कार्यक्रमले युवा प्रतिभाको प्रस्फुटन र नवप्रवर्तनमा सहयोग गर्ने बताए । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले सीड्स फर द फ्युचर जस्ता कार्यक्रमले आईसीटी क्षेत्रमा सहयोग पुने जानकारी दिए ।  

यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित निर्णायक समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि सह-आयोजक र युनेस्को रणनीतिक साझेदारको रूपमा रहेको छ । 

दुई महिनासम्म चल्ने सीड्स फर फ्युचरमा अन्तर्वार्ता, कार्य, र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन्। ‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गएर त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन । भ्रमणका क्रममा उनीहरुले उद्योग विशेषज्ञहरु द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिनेछन् ।