कीवर्डहरू -

डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै

डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै

सूचना प्रविधि महिला (डब्लुआईआईटी) ले साइबर सेक्युरिटी ह्याकाथन गर्ने भएको छ । जेठ ३२ गते काठमाडौंको हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा ह्याकाथन आयोजना हुनेछ ।

बिहान १० बजेबाट सुरू हुने साइबर ह्याकाथनमा विद्यालयमा पढ्दै गरेका युवतीहरूलाई साइबर सेक्युरिटी जनचेतना, सुरक्षित डिजिटल स्पेश र करियर बारे छलफल हुनेछ । यस बाहेक लाइभ ह्याकाथन, गेम्स, क्विज, अनुभव शेयरिङ लगायतका कार्यक्रम हुनेछन् । 

कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजसहित काठमाडौंका अन्य विद्यालयबाट समेत गर्ल्स विद्यार्थीहरूको सहभागीता रहने छ । सहभागीहरू इथिकल ह्याकर बनेर आफ्नो मनपर्ने डिभाइसलाई साइबर आक्रमणबाट बचाउनका लागि काम गर्नुपर्नेछ । 

यसले सिकाइलाई अविस्मरणीय बनाउने डब्लुआईआईटीले जनाएको छ । ह्याकाथनमा विजेतालाई पुरस्कार समेत प्रदान गरिने छ ।

साइबर सेक्युरिटी ह्याकाथनलाई नेपाल टेलिकम, साइबर सेक्युरिटी संस्था बगभी र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको सहयोग रहेको छ ।