नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गोले एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सेवा सुरु गरेको छ। नयाँ सेवाले काठमाडौँभित्र व्यक्ति–व्यक्ति (C2C) तथा साना तथा मध्यम व्यवसाय (B2B) का लागि छिटो, सजिलो र भरपर्दो पार्सल ढुवानी सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
यससँगै अब याङ्गो एपमार्फत राइड–हेलिङ र डेलिभरी दुवै सेवा एउटै प्लेटफर्ममा उपलब्ध हुनेछन्। यसले काठमाडौँका बासिन्दा तथा आगन्तुकहरूको दैनिक आवागमन र सामान ढुवानी आवश्यकतालाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।
नयाँ सेवाअन्तर्गत प्रयोगकर्ताहरूले आवश्यकता अनुसार तीन प्रकारका डेलिभरी विकल्पहरू रोज्न सक्नेछन्। मोटो कुरियर साना प्याकेज र कागजातका लागि, कार कुरियर मध्यम आकारका सामानका लागि र कार्गो सेवा ठूला तथा भारी सामान ढुवानीका लागि उपलब्ध छ।
शहरी जीवनशैली र साना व्यवसायहरूमा द्रुत र प्रभावकारी डेलिभरीको माग बढ्दै गएको सन्दर्भमा, यी इन–एप विकल्पहरूले व्यक्ति तथा व्यवसाय दुवैलाई लाभ पुग्ने याङ्गोको विश्वास छ।
याङ्गो डेलिभरीका दक्षिण एशियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले सानो प्याकेजदेखि ठूलो सामानसम्म आफ्नो आवश्यकता अनुसार विकल्प छानेर सजिलै डेलिभरी अनुरोध गर्न सकून् भन्ने सोचकासाथ नयाँ सेवा सुरू गरेको बताए ।
याङ्गो डेलिभरीले रुटिङ र ब्याचिङ एल्गोरिदम प्रयोग गरी ढुवानी प्रक्रियाको कार्यक्षमता बढाउने बताइएको छ। यस प्रविधिले सवारी साधनको अधिकतम उपयोग सुनिश्चित गर्नुका साथै ट्राफिक अवस्थाको बाबजुद पनि समयमै डेलिभरी हुने दर सुधार गर्छ। साथै, सबै पार्सलहरू लाइभ–ट्रयाकिङ प्रणालीमार्फत निगरानी गर्न सकिने व्यवस्था गरिएको छ ।
याङ्गो डेलिभरीले आफ्नै सवारी वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूसँग सहकार्य गर्दै डिजिटल प्लेटफर्म उपलब्ध गराउने मोडेल अपनाएको छ। यसले अन्तिम माइल कनेक्टिभिटी सुधार गर्दै साझेदार चालकहरूका लागि थप आम्दानीका अवसर सिर्जना गर्ने कम्पनीको भनाइ छ।
आईसीटी समाचार