कीवर्डहरू -

बहुप्रतिक्षित चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर नेपाल आउँदै

बहुप्रतिक्षित चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर नेपाल आउँदै

शारडा ग्रुपले बहुप्रतिक्षित चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर शारडा ग्रुपले ल्याउने भएको छ । जिकर ब्राण्डको नेपालको आधिकारिक बिक्रेता शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्प प्रालि नियुक्त भएको हो ।

नेपालमा जिकर ब्राण्डको विद्युतीय गाडी बिक्री गर्न विभिन्न व्यापारिक घरानाले चासो देखाएका थिए । तर अन्ततः बाजी शारडा ग्रुपले मारेको हो । 

पायोनियर मोटोकर्पले जिकर एक्स मोडल नेपालमा ल्याउँदै छ । ४२५ किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाटको ब्याट्री छ । 

null

३० मिनेटमा १५० किलोवाटको डिसी चार्जरले चार्जले गर्न सकिन्छ । राइट ह्याण्ड ड्राइभ मोडलको जिकर एक्स लेटेष्ट टेक्नोलोजी प्रयोग गरिएको कम्पनीको दाबी छ ।

यसमा ८.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, २४.३ इन्च हेड्स अप डिस्प्ले, १६.६ इन्च केन्द्रिय नियन्त्रण स्क्रिन रहेको छ भने क्वालकमको स्न्यापड्रयाग्न ८१५५ चीप प्रयोग गरिएको छ । 

जिकर एक्समा सुरक्षाका लागि इन्टेलिजेन्स ड्राइभर एसिसटेन्स सुविधा समेत रहेको छ, जसमा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेब राडर डिभाइस र १२ अल्ट्रा सोनिक राडर डिभाइस रहेका छन् । 

null