कीवर्डहरू -

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एचडी प्लस स्क्रीन भएको इन्फिनिक्स हट ४० आई स्मार्टफोन नेपालमा ल्याइएको हो । 

१६ जीबी र्‍याम र २५६ जीबी र्‍याम भएको यो स्मार्टफोनले ग्राहकको स्टोरेज चिन्ताबाट पनि मुक्ति गर्ने कम्पनीको भनाइ छ ।

३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यस फोनमा युनिसोक टि ६०६ प्रोसेसर प्रयोग गरिएको छ । फोन ४ जीबी र्‍याम र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध छ । यस बाहेक थप ८ जीबी र्‍याम बढाउन सकिन्छ । 

यसमा ५० मेगापिक्सेलको प्राइमरी रेयर क्यामेरा राखिएको छ भने ५ हजार एमएएचको ब्याट्री रहेको छ । फोनमा १८ वाटको फास्ट चार्जिङ दिइएको छ । 

हाइ रेजुलेसन भएको, टेक्नोलोजीमा चासो राख्ने, फोटोग्राफी मन पराउने, सुन्दर लुक्स, स्मार्ट पर्फर्मेन्सका कारण इन्फिनिक्स हट ४०आई स्मार्टफोन ग्राहकका लागि इन्फिनिक्सको स्मार्ट गिफ्ट हुने कम्पनीले बताएको छ । 

नेपाली बजारमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको इन्फिनिक्स हट ४० आई स्मार्टफोनको मूल्य १४ हजार ९९९ रूपैयाँ, ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको मूल्य १७ हजार ९९९ तथा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको फोनको मूल्य १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।