कीवर्डहरू -

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता १५ मिलियन

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता १५ मिलियन

मेटाको थ्रेड्स एप १५ करोड बढीले प्रयोग गर्न थालेका छन् । फेब्रुअरी देखि २० मिलियन प्रयोगकर्ता थ्रेड्समा जोडिएका छन् । 

मेटाको पहिलो क्वाटर अर्निङ कलमा संस्थापक मार्क जुकरबर्गले मासिक रूपमा १५० मिलियनले प्रयोग गरिरहेको पछिल्लो तथ्यांक सार्वजनिक गरेका हुन् । 

थ्रेड्स एप सुरूमा सार्वजनिक हुँदा यसले धेरै नै चर्चा पाएको थियो । सार्वजनिक भएको पहिलो हप्तामै १०० मिलियन प्रयोगकर्ता पुगेका थिए । 

तर त्यसपछि प्रयोगकर्ताको वृद्धिदर विस्तार अगाडि बढरको छ । पछिल्लो ६ महिनाको अवधिमा थ्रेड्स निरन्तर रूपमा वृद्धि हासिल गर्न सफल भएको छ । 

मार्क जुकरबर्गले थ्रेड्सलाई मेटाको बिलियन प्रयोगकर्ताको हुने अर्को एपको रूपमा अनुमान गरेका छन् ।