कीवर्डहरू -

विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक

विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक

विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक गरिएको छ । यो ल्यापटप डुअल डिस्प्लेसँगै डिट्याच गर्न मिल्ने किबोर्डको उपलब्ध हुनेछ ।

तपाईले चाहानु भएको बेला यसको किबोर्ड थप्न र हटाउन सक्नुहुन्छ । यसको सुविधाहरूको बारेमा कुरा गर्दा, यसमा दुईवटा १४ इन्च स्क्रिन छन् । प्रोसेसरका लागि यो ल्यापटपमा इन्टेल कोर अल्ट्रा ९ चिपसेट प्रयोग गरिएको छ ।

यस वर्षको सुरुमा अमेरिकाको लस भेगासमा सिईएस २०२४ कार्यक्रम आयोजना गरिएको थियो, जसमा विश्वभरका धेरै प्रविधि कम्पनीहरूले आफ्ना उत्पादनहरू प्रस्तुत गरेका थिए ।

यसै क्रममा असुसले आफ्नो डबल स्क्रिन ल्यापटप पनि ल्याएको थियो र त्यसबेलादेखि यो ल्यापटपको बारेमा धेरै चर्चा भएको थियो । अब आसुसले यो विशेष ल्यापटप नेपालमा पनि लन्च गरेको छ ।

यो ल्यापटपमा दुईवटा स्क्रिन छन्। दुबैको साइज १४ इन्च र पीक ब्राइटनेस ५०० निट्स छ । पहिलो स्क्रिनको रिजोल्युसन १९२० X१२०० पिक्सेल र रिफ्रेस दर ६० हर्ज रहेको छ । जबकि, दोस्रो स्क्रिनको रिजोल्युसन २८८० X १८०० र रिफ्रेस दर १२० हर्ट्ज छ ।

यी दुवै डिस्प्ले ओएलईडी टचस्क्रिनसँग आउँछन् र यसमा कोर्निङ गोरिल्ला ग्लासको सुरक्षा पनि छ । यसमा रहेको १८० डिग्री मोडले स्क्रीनलाई १८० डिग्री घुमाउन दिन्छ जसले गर्दा मिटिंगहरुम स्क्रीन घुुमाएर केही कुरा प्रस्तुत गर्न सहज हुने गर्दछ ।

प्रोसेसर र ओएस

यस ल्यापटपमा प्रोसेसरका लागिइन्टेल कोर अल्ट्रा ९ १८५एच चिपसेट प्रयोग गरिएको छ । यस ल्यापटपमा, प्रयोगकर्ताहरूले ३२ जीबी एलपीडिडिआरएक्स र्याम र भण्डारणको लागि २ टेराबाईटसम्म स्पेस पाउँछन् । विन्डोज ११ अपरेटिङ सिस्टममा चल्ने यस ल्यापटपमा कम्पनीले एआई सपोर्ट पनि दिएको छ ।

ब्याट्री र जडान

यस डुअल स्क्रिन ल्यापटपको कनेक्टिभिटी र ब्याट्रीको बारेमा कुरा गर्दा, कम्पनीले यसमा ७५ वाटको ब्याट्री दिएको छ, जुन ६५ वाट फास्ट चार्जिङ सपोर्टको साथ आउँछ । यो ल्यापटपको दुवै स्क्रिन प्रयोग गरेपछि पनि प्रयोगकर्ताले कम्तीमा साढे दश घण्टा ब्याट्री ब्याकअप पाउने कम्पनीको दाबी छ ।

कनेक्टिभिटी

कनेक्टिभिटीको बारेमा कुरा गर्दा, यसमा एचडीएमआई पोर्ट, ३.५ न्यायो मिटर अडियो ज्याक, यूएसबी ए ३.२ र दुई ओटा थण्डरबोल्ट छ । यस ल्यापटपमा हारम्यान कारडोन स्पिकरहरू प्रदान गरिएको छ । यो ल्यापटपको तौल १.३५ किलो छ ।

यो ल्यापटप मे २४ देखि नेपाली बजारमा उपलब्ध भएको छ यसको मूल्य ३ लाख ९ हजार ९० रहेको छ ।