कीवर्डहरू -

असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै

असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै

असार ५ गते एनवाईसी वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले रोबोटिक्स एशोशिएसन नेपालको सहकार्यमा वैज्ञानिक सम्मेलन आयोजना गर्न लागेको हो । 

नेपाल प्रशासनीक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलमा सञ्चालन हुने सम्मेलनको नारा ‘फोस्टरिङ इन्नोभेसन’ दिइएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्मेलन हुन लागेको राष्ट्रिय युवा परिषद्ले जनाएको छ । 

सम्मेलनमा चिभिन्न वैज्ञानिक अनुसन्धानको प्रस्तुति, प्यानल छलफल, वैज्ञानिकद्वारा गरिएको खोज तथा उपलब्धिको प्रस्तुति र प्रदर्शनी हुनेछ ।