कीवर्डहरू -

सरकारले ल्यायो नगदरहित अर्थतन्त्रको नीति, सबै कारोबार डिजिटल प्लेटफर्ममा

सरकारले ल्यायो नगदरहित अर्थतन्त्रको नीति, सबै कारोबार डिजिटल प्लेटफर्ममा

काठमाडौं । सरकारले देशका सबै आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै नगदरहित, पारदर्शी तथा राजस्व चुहावटमुक्त अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारेको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कारोबारलाई पूर्ण रूपमा औपचारिक र डिजिटल माध्यममा रूपान्तरण गर्ने लक्ष्य सरकारको रहेको जानकारी दिएका हुन् ।

नेपालको संविधानको धारा ९५ बमोजिम प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा डिजिटल भुक्तानी प्रणाली विस्तार गरी नगद कारोबारलाई क्रमश: न्यून गर्दै पारदर्शी आर्थिक प्रणाली विकासमा जोड दिइएको छ ।

साथै, राजस्व चुहावट नियन्त्रण गर्दै औपचारिक अर्थतन्त्रलाई सुदृढ बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गरिएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति मार्फत सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको थियो ।