काठमाडौं । विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नयाँ “कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ ।
दुवैतर्फको विश्वास र सुरक्षामा जोड
याङ्गो राइडका अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन् । यात्रुका लागि पनि प्रोफाइल पूरा गर्ने प्रक्रिया सजिलो बनाइएको छ । प्रोफाइल पूरा गरेपछि उनीहरूले प्लेटफर्ममा विश्वसनीय यात्रुको रूपमा देखिने ब्याज प्राप्त गर्नेछन् ।
याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भने- “राइड–हेलिङ सेवामा विश्वास केवल एकतर्फी हुँदैन । चालक र यात्रु दुवैलाई सुरक्षित महसुस हुनु आवश्यक छ । यो ब्याजले चालकलाई राइड स्वीकार गर्नुअघि नै स्पष्ट र भरपर्दो संकेत दिन्छ, जसले प्लेटफर्ममा सकारात्मक परिवर्तन ल्याउँछ ।”
यो सुविधा याङ्गो राइडको सुरक्षा प्रणाली अन्तर्गत थपिएको नयाँ उपाय हो । याङ्गो राइड मा हाल २५ भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन्, जसमा रियल-टाइम रुट मोनिटरिङ, ड्राइभिङ शैली पहिचान, एस् ओ एस् सुविधा र विश्वस्त व्यक्तिसँग रुट शेयर गर्ने सुविधा समावेश छन् ।
आईसीटी समाचार