कीवर्डहरू -

स्काईआइटीले सुरु गर्यो एमएसपी सेवा, नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य

स्काईआइटीले सुरु गर्यो एमएसपी सेवा, नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले स्काईआइटी (SkyIT) मार्फत म्यानेज्ड सर्भिस प्रोभाइडर (Managed Service Provider) (एमएसपी) सेवा सुरु गरेको छ ।

कम्पनीले परम्परागत इन्टरनेट सेवा प्रदायकको भूमिकाबाट अघि बढ्दै नेपालका व्यवसायहरूका लागि पूर्ण प्रविधि साझेदारको रूपमा आफ्नो सेवाको दायरा विस्तार गरेको हो ।

डिजिटल प्लेटफर्म, क्लाउड सेवा, साइबर सुरक्षा तथा व्यवसाय निरन्तरतामा बढ्दो निर्भरता बढिरहेका बेला व्यवसायी संस्थाहरूलाई भरपर्दो आइटी व्यवस्थापन आजको आवश्यकता हो । यही आवश्यकतालाई ध्यानमा राख्दै स्काईआइटीले एमएसपी सेवा सुरु गरेको जनाएको छ ।

कम्पनीका अनुसार एमएसपी सेवामार्फत केन्द्रीकृत आइटी सपोर्ट, प्रो–एक्टिभ मनिटरिङ, इन्फ्रास्ट्रक्चर व्यवस्थापन, साइबर सुरक्षा सेवा तथा आवश्यक प्रविधि सहयोग एकै ठाउँबाट उपलब्ध हुनेछ ।

स्काईआइटीका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानले व्यवसायहरू अहिले केवल इन्टरनेट सेवा मात्र नभई भरपर्दो आइटी व्यवस्थापन तथा सञ्चालन, द्रुत प्राविधिक सहयोग, राम्रो साइबर सुरक्षा र निश्चित प्रविधि खर्च खोजिरहेका बताए ।

उनले भने, “हाम्रो उद्देश्य केवल कनेक्टिभिटी उपलब्ध गराउनु मात्र होइन, संस्थाहरूका लागि विश्वासिलो प्रविधि साझेदार बन्नु हो । एमएसपी मोडलमार्फत हामी निरन्तर सपोर्ट र सेवाको मापनयोग्य मापदण्डसहित व्यावसायिक आइटी व्यवस्थापन सेवा प्रदान गर्नेछौँ ।”

स्काईआइटीको यस सेवाअन्तर्गत नेटवर्क इन्फ्रास्ट्रक्चर व्यवस्थापन, प्रयोगकर्ता तथा डिभाइस सपोर्ट, सर्भर र सिस्टम मनिटरिङ, वाई-फाई तथा ल्यान व्यवस्थापन, साइबर सुरक्षा समन्वय, ब्याकअप तथा रिकभरी सपोर्ट, आइटी हेल्पडेस्क सेवा, एसेट मनिटरिङ तथा भेन्डर समन्वयजस्ता सेवा समावेश छन् ।

कम्पनीले विभिन्न संस्थाको आवश्यकता र व्यवसायको आकारअनुसार सेवा छनोट गर्न मिल्ने गरी विभिन्न तहका सेवा प्याकेज तयार गरेको जनाएको छ । साथै, नियमित रिपोर्टिङ, प्रभावकारी मर्मत तथा रणनीतिक सुझावमार्फत डाउनटाइम कम गर्न सहयोग गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

स्काई ब्रोडब्यान्ड र स्काईआइटीले “आवर मोटो: नट टु ट्रेड बट टु इन्ट्रिगेट” (Our motto: not to trade but to integrate.) भन्ने मूल अवधारणाअनुसार दीर्घकालीन प्रविधि साझेदारी निर्माण गर्दै नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य राखेको बताएका छन् ।