कीवर्डहरू -

उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन साओमी १७टी सार्वजनिक गरेको छ । उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको साओमी १७ टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन हो ।

साओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध गराएको छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सकिन्छ ।

यो स्मार्ट फोन लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ । यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू खिच्न सक्छ ।

३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत गर्छ ।

यस स्मार्टफोनमा फोर के ६०फ्रेम प्रतिसेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि समावेश गरिएको छ । यसले प्राकृतिक पृष्ठभूमिलाई धमिलोपन (बोकेह) सिर्जना गर्दै थप जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्छ ।

परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै साओमी १७टीले लाइभ मोमेन्ट सुविधा प्रस्तुत गरेको छ । यसले केवल मुख्य क्षण मात्र होइन, त्यस क्षणसम्म पुग्ने गति, भावना र अभिव्यक्तिलाई समेत कैद गर्छ । यसले दैनिक जीवनका दृश्यहरूलाई अझ गहिरो अर्थ र सन्दर्भ दिन मद्दत पुर्‍याउँछ ।

साओमी १७टीमा १/१.५५ इन्च आकारको ठूलो इमेज सेन्सर प्रयोग गरिएको छ । लेइका अल्ट्रा पियोर अप्टिकल डिजाई तथा १ जि प्लस सिक्स पी हाइब्रिड लेइका सेमीलुक्स विशेष लेन्स संरचनाले सूक्ष्म विवरणहरूलाई अत्यन्त स्पष्ट रूपमा प्रस्तुत गर्छ । यसमा भएको प्रकाश छिर्ने ठूलो भाग (एपर्चर) का कारण यसले फराकिलो प्रकाश सन्तुलन र आकर्षक प्रभाव प्रदान गर्दछ ।

साओमी १७टीमा ६ हजार ५०० एमएएच क्षमताको विशाल ब्याट्री रहेको छ । जुन अघिल्लो जेनेरेशनको तुलनामा १८ प्रतिशत बढी क्षमता भएको बताइएको छ । ६७ वाट फास्ट चार्जिङ प्रविधिको सहयोगले प्रयोगकर्तालाई दिनभर पर्याप्त ऊर्जा उपलब्ध गराउँछ ।

यो स्मार्टफोन ४ न्यानोमिटर प्रविधिमा आधारित शक्तिशाली प्रोसेसर मिडिया टेक डाइमेनसिटी ८५०० अल्ट्राद्वारा सञ्चालित छ । यसले प्रोसेसर, ग्राफिक्स तथा एआईसम्बन्धी क्षमतामा उल्लेखनीय सुधार ल्याउँदै मल्टिटास्किङ र आधुनिक गेमिङ अनुभवलाई अझ सहज र प्रभावकारी बनाउँछ ।

नेपालमा साओमी १७टी बैजनी, निलो र कालो गरी तीन आकर्षक रङमा उपलब्ध छ । १२ जिबी र्‍याम र ५१२ जिबी स्टोरेज भएको भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । साथै, साओमी १७टी नेपालमा खरिद गर्ने प्रत्येक ग्राहकले रेड्मी बड्स ६ प्ले (मूल्य २ हजार ४९९) नि:शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।