कीवर्डहरू -

स्पोटिफाइ प्रयोगकर्ताका लागि नयाँ सुविधा, अब गीतहरूमा नोट थप्न मिल्ने

स्पोटिफाइ प्रयोगकर्ताका लागि नयाँ सुविधा, अब गीतहरूमा नोट थप्न मिल्ने

काठमाडौं । संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले प्रयोगकर्तालाई आफ्ना प्लेलिस्टका गीतहरूमा व्यक्तिगत टिप्पणी वा सन्देश लेख्न मिल्ने 'युजर नोट्स' फिचर सार्वजनिक गरेको छ ।

यस फिचरमार्फत प्रयोगकर्ताले कुनै गीतसँग जोडिएका आफ्ना सम्झना, कलाकारबारे जानकारी, गीत कसले सिफारिस गरेको थियो वा अन्य व्यक्तिगत विवरण सानो नोटका रूपमा सुरक्षित राख्न सक्नेछन् ।

स्पोटिफाइका अनुसार अरूसँग प्लेलिस्ट साझा गर्दा पनि ती नोटहरू गीतसँगै देखिनेछन् । यसले प्लेलिस्टलाई अझ व्यक्तिगत, अर्थपूर्ण र अनुभवमूलक बनाउने कम्पनीको विश्वास छ ।

युजर नोट्स फिचर १६ वर्ष वा सोभन्दा माथिका नि:शुल्क तथा प्रिमियम दुवै योजनाका प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यद्यपि, हाल यो सुविधा सीमित देशहरूमा मात्रै सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

स्पोटिफाइले प्लेलिस्टमा लेखिएका नोटहरू उक्त प्लेलिस्ट हेर्न सक्ने सबै प्रयोगकर्ताले देख्न सक्ने भएकाले साझा गर्नुअघि गोपनीयता सेटिङ जाँच्न सुझाव दिएको छ ।

प्रयोगकर्ताले कुनै गीतको छेउमा रहेको तीनवटा डट (⋮) मेनुमा गएर 'Add Note' विकल्प चयन गरी आफ्नो टिप्पणी वा सन्देश थप्न सक्नेछन् ।