काठमाडौं । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ । यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ ।
यस अभियानले नेपालसहित विश्वभर रहेका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान गर्ने उदेश्यले नयाँ अभियान सुरु गरिएको जनाइएको छ । पल्सर नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेको छ, जसले नेपाली राइडरहरूलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना झल्काउने अवसर प्रदान गर्नेछ ।
सहभागीहरूले भिडियो, संगीत, एआई आधारित सामाग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यम र जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन् । अभियानको मुख्य आधार भनेको वास्तविक र मौलिक अनुभव रहेको बताइएको छ ।
उत्कृष्ट कथाहरूले “25 Years of Daring the World” को भावना झल्काउनुपर्नेछ । छनोट भएका सामाग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्, जसबाट नेपाली राइडरहरूको आवाज पनि विश्वभर पुग्ने विश्वास लिइएको छ ।
कम्पनीका अनुसार अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले ५ सय अमेरिकी डलर ५०० बराबरका उपहार प्राप्त गर्नेछन् । साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले Pulsar NS400Z जित्ने अवसर पाउनेछन् । अभियान सुरु भइसकेको छ र आगामी सेप्टेम्बर ४ सम्म उक्त अभियान सञ्चालन हुने बताएको छ ।
अभियानमा सहभागी हुन राइडरहरूले पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण साझा गर्नुपर्नेछ । साथै #MyPulsarStory ह्यासट्याग प्रयोग गर्नुपर्नेछ भने @mypulsarofficial र @pulsarnepal ट्याग गर्नुपर्नेछ ।
बजाजका लागि यो उत्सव केवल मोटरसाइकलको २५ वर्षे यात्रा मनाउने अवसर मात्र होइन, पल्सरलाई आजको स्थानसम्म पुर्याउने राइडरहरूको साहस, यात्रा, उपलब्धि र अविस्मरणीय अनुभवप्रति सम्मान व्यक्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
आफ्ना वास्तविक अनुभवलाई यस उत्सवको केन्द्रमा राखेर बजाजले पल्सरको सफल यात्रामा योगदान पुर्याएका सबै राइडरहरूलाई सम्मान गर्दै उनीहरूको प्रेरणादायी कथा विश्वसामु प्रस्तुत गर्न चाहेको बताएको छ ।
अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू जान्न इच्छुक राइडरहरूले (HH Bajaj Nepal) एचएच बजाज नेपालको आधिकारिक वेबसाइटमा गएर थप जानकारी लिन सक्नेछन् ।
आईसीटी समाचार