कीवर्डहरू -

अब एन्ड्रोइडमा पनि आईफोनजस्तै सेयरिङ सुविधा, ट्याप गरे पुग्ने

अब एन्ड्रोइडमा पनि आईफोनजस्तै सेयरिङ सुविधा, ट्याप गरे पुग्ने

काठमाडौं । एन्ड्रोइड प्रयोगकर्ताले लामो समयदेखि माग गर्दै आएको ‘ट्याप टु सेयर’ सुविधा गुगलले केही डिभाइसमा उपलब्ध गराउन थालेको छ । एप्पलको AirDrop जस्तै काम गर्ने यो सुविधामार्फत दुईवटा एन्ड्रोइड फोन नजिक ल्याएर फोटो, कन्ट्याक्टलगायतका सामग्री सजिलै सेयर गर्न सकिन्छ ।

गुगलको Quick Share अन्तर्गत ल्याइएको यो सुविधा हाल छानिएका केही डिभाइसमा मात्र उपलब्ध छ । आगामी दिनमा अन्य एन्ड्रोइड फोनमा पनि विस्तार हुने अपेक्षा गरिएको छ ।

गुगलले ‘ट्याप टु सेयर’ सुविधा सुरुवातमा आफ्नै Pixel फोनमा उपलब्ध गराएको हो । यो सुविधा Pixel 6 तथा त्यसपछिका केही मोडल र Samsung Galaxy Z Fold 8 मा प्रयोग गर्न सकिनेछ ।

यो सुविधा Android 17 मा उपलब्ध छ । प्रयोगकर्ताले कन्ट्याक्ट, एप तथा फोटोका Share Card मा ट्याप गरेर सामाग्री सेयर गर्न सक्नेछन् । यद्यपि, Pixel फोनमा Work Profile अन्तर्गत रहेका एपहरूमा भने यो सुविधा काम गर्ने छैन ।

एन्ड्रोइडमा ‘Tap to Share’ कसरी प्रयोग गर्ने ?
समर्थन गर्ने Pixel लगायतका एन्ड्रोइड फोनमा ‘Tap to Share’ प्रयोग गर्न दुवै फोन अनलक गरेर एक–अर्काको नजिक ल्याउनुपर्छ । फोनमा रहेको NFC प्रविधिले दुवै डिभाइस पहिचान गरेपछि स्क्रिनमा सेयरिङसम्बन्धी संकेत देखिन्छ । त्यसपछि प्रयोगकर्ताले सेयर गर्न चाहेको सामाग्री छनोट गरेर सेयरिङ सुरु गर्न सक्छन् ।

यस सुविधामार्फत कन्ट्याक्ट, फोटो, लोकेसन लिंक तथा अन्य फाइल सजिलै सेयर गर्न सकिन्छ । सेयरिङ रोक्नका लागि दुवै फोनलाई एक–अर्काबाट टाढा लैजानुपर्छ ।

‘Tap to Share’ सुविधा सामान्यतया डिफल्ट रूपमा अन हुन्छ । यसलाई बन्द गर्न Settings → Google → Quick Share → Tap to Share मा गएर आवश्यक सेटिङ परिवर्तन गर्न सकिन्छ ।

गुगलका अनुसार यो सुविधा Pixel र Samsung फोनमा मात्र सीमित रहने छैन । कम्पनीले यसलाई वर्षको अन्त्यसम्म अन्य एन्ड्रोइड फोनमा समेत विस्तार गर्ने तयारी गरेको छ ।