कीवर्डहरू -

‘WordCamp Kathmandu 2026 : सिकाइ, सहकार्य र सम्भावनाको साझा मञ्च’

सेप्टेम्बर १८ र १९ मा काठमाडौंमा आयोजना हुँदै गरेको WordCamp Kathmandu 2026 मा AI, Web Development, Business, Security र Open Source लगायतका विषयमा हुने छलफलबारे विशेष कुराकानी

‘WordCamp Kathmandu 2026 : सिकाइ, सहकार्य र सम्भावनाको साझा मञ्च’

काठमाडौं । नेपालमा WordPress तथा Open Source प्रविधिको क्षेत्रमा लामो समयदेखि सक्रिय रेगन खड्गी अहिले WordCamp Kathmandu 2026 को Lead Organizer का रूपमा तयारीमा व्यस्त छन् । १४ वर्षभन्दा बढी समयदेखि WordPress तथा Web Development क्षेत्रमा काम गर्दै आएका खड्गी WordPress Kathmandu Community Lead का रूपमा समेत सक्रिय छन् ।

आगामी सेप्टेम्बर १८ र १९ गते काठमाडौंको गैरीधारास्थित Alice Receptions मा आयोजना हुने WordCamp Kathmandu 2026 को तयारी, यस वर्षको कार्यक्रमको विशेषता, AI र Open Source प्रविधिको बढ्दो प्रभाव, सहभागीका लागि तयार पारिएका सेसन तथा नेपालको Tech र Digital Ecosystem मा WordCamp को सम्भावित प्रभावलगायतका विषयमा आईसीटी समाचारले Lead Organizer रेगन खड्गीसँग कुराकानी गरेको छ ।

सुरुमा आफ्नो छोटो परिचयसँगै WordCamp Kathmandu 2026 मा तपाईंको भूमिका र जिम्मेवारीबारे बताइदिनुस् न ।

म रेगन खड्गी हुँ । विगत १४ वर्षभन्दा बढी समयदेखि WordPress तथा वेब डेभलपमेन्ट क्षेत्रमा काम गर्दै आएको छु । अहिले म WordPress Kathmandu Community Lead का रूपमा पनि सक्रिय छु ।

WordCamp Kathmandu 2026 मा म Lead Organizer को भूमिकामा छु । मेरो मुख्य जिम्मेवारी सम्पूर्ण आयोजक टोलीबीच समन्वय गर्ने, कार्यक्रमको समग्र योजना र दिशा तय गर्ने, विभिन्न टिमको प्रगति हेर्ने तथा वक्ता, प्रायोजक, बजेट, प्रचारप्रसार र कार्यक्रम सञ्चालनसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा सहजीकरण गर्ने हो ।

यति ठूलो कार्यक्रम कुनै एक व्यक्तिले मात्र सम्भव बनाउने कुरा होइन । त्यसैले मेरो भूमिका सबै टिमलाई एउटै उद्देश्यतर्फ समन्वय गर्दै अघि बढ्न सहयोग गर्नु हो ।

यस वर्षको WordCamp कहिले र कहाँ हुँदैछ ? सहभागीहरूले के–के अपेक्षा गर्न सक्छन् ?

WordCamp Kathmandu 2026 आगामी सेप्टेम्बर १८ र १९ गते काठमाडौंको गैरीधारास्थित Alice Receptions मा हुँदैछ । सेप्टेम्बर १८ मा Contributor Day हुनेछ । त्यस दिन सहभागीहरूले Translation, Documentation, Testing, Design, Photography, Accessibility, Themes, Plugins लगायत WordPress का विभिन्न क्षेत्रमा अनुभवी Contributors सँग बसेर प्रत्यक्ष योगदान गर्न र सिक्न सक्नुहुन्छ । यसका लागि पहिले नै योगदान गरेको अनुभव आवश्यक छैन ।

त्यसैगरी, सेप्टेम्बर १९ मा Conference Day हुनेछ । त्यस दिन Expert-led Talks, Practical Sessions, Workshops, Panel Discussions तथा Networking का अवसरहरू रहनेछन् । समग्रमा, यी दुई दिनमा सहभागीहरूले सिक्ने, योगदान गर्ने, नयाँ मानिससँग जोडिने र नयाँ सम्भावना पहिचान गर्ने अवसर पाउनेछन् ।

बाहिरबाट हेर्दा WordCamp दुई दिनको कार्यक्रम हो, तर यसको पछाडि लामो तयारी हुन्छ । अहिलेसम्मको तयारी कस्तो चलिरहेको छ ?

WordCamp दुई दिनको कार्यक्रम भए पनि यसको तयारी धेरै महिनाअघिदेखि सुरु हुन्छ । सुरुआतमा कार्यक्रमको Vision, Venue र Budget तय गर्ने काम भयो । त्यसपछि Organizers Selection, Team Formation, Sponsorship Outreach, Speaker तथा Volunteer Calls, Ticketing, Media Partnership, Contributor Day Planning र Promotion लगायतका काम क्रमश: अघि बढाइयो ।

अहिले धेरैजसो मुख्य तयारी पूरा भइसकेको छ । वक्ताहरू चयन भएर सार्वजनिक भइरहेका छन्, Contributor Day का Table Leads तय भएका छन्, Volunteers को आवेदन प्रक्रिया पूरा भएको छ र Tickets पनि उपलब्ध छन् ।

अब हाम्रो मुख्य ध्यान Final Schedule, Venue Production, Volunteer Briefing, Attendee Experience, सुरक्षा तथा आकस्मिक अवस्थाको योजना र अन्तिम चरणको प्रचारप्रसारमा केन्द्रित छ । कार्यक्रम नजिकिँदै जाँदा हरेक सानो विवरणलाई पनि ध्यानपूर्वक हेर्नुपर्ने चरणमा पुगेका छौँ ।

यसपटक WordCamp Kathmandu मार्फत सहभागीहरूलाई मुख्य रूपमा के दिन खोज्नुभएको छ ?

हामी सहभागीहरूलाई मुख्यत: चार कुरा दिन चाहन्छौँ- सिकाइ, योगदान, सम्बन्ध र सम्भावना । सहभागीले सेसन सुनेर जानकारी मात्र लिएर नफर्कियोस्, उसले व्यवहारमा प्रयोग गर्न सक्ने ज्ञान, योगदान गर्न सक्ने Community र अगाडि बढ्ने Confidence पनि लिएर जाओस् भन्ने हाम्रो उद्देश्य हो ।

कसैले यहाँबाट नयाँ Skill सिक्न सक्छ, कसैले आफ्नो पहिलो Open-source Contribution गर्न सक्छ, कसैले Mentor वा Collaborator भेट्न सक्छ भने कसैले Career, Client वा Business का नयाँ अवसर पहिचान गर्न सक्छ ।

कार्यक्रम सकिएपछि पनि यसको प्रभाव सहभागीको व्यक्तिगत तथा व्यावसायिक यात्रामा निरन्तर रहोस् भन्ने हाम्रो चाहना हो ।

अनुभवीदेखि विद्यार्थी, नयाँ सिक्दै गरेका र व्यवसाय गरिरहेका व्यक्तिसम्म सबैका लागि कार्यक्रम उपयोगी बनाउन कस्तो तयारी गर्नुभएको छ ?

हामीले कार्यक्रमलाई Developers वा पहिलेदेखि WordPress मा काम गरिरहेका व्यक्तिका लागि मात्र सीमित गरेका छैनौँ । नयाँ व्यक्ति र विद्यार्थीका लागि Contributor Day मा कुनै पूर्वअनुभव आवश्यक छैन । अनुभवी Table Leads ले कुन क्षेत्रमा कसरी योगदान सुरु गर्ने भनेर सहयोग गर्नुहुन्छ ।

Conference Day मा पनि Beginner देखि Experienced Professional सम्मलाई उपयोगी हुने विषयहरूको मिश्रण राखिएको छ । Technical विषयसँगै AI, Design, SEO, Marketing, Business, Client Acquisition, Education, Licensing र Community जस्ता विषय समेटिएका छन् ।

विद्यार्थीका लागि Student Tickets को व्यवस्था पनि गरिएको छ । सहभागीको पृष्ठभूमि जेसुकै भएपनि उसले आफ्नो रुचि र आवश्यकतासँग मिल्ने केही न केही लिएर फर्किन सकोस् भन्ने हाम्रो उद्देश्य हो ।

AI र नयाँ प्रविधिका विषयलाई यसपटकको WordCamp मा कसरी समेट्नुभएको छ ?

यस वर्षको हाम्रो मुख्य Theme नै “Building the Open Web with AI” हो । तर हामी AI लाई केवल Buzzword वा Hype का रूपमा प्रस्तुत गर्न चाहँदैनौँ । AI प्रयोग गरेर Development Workflow कसरी सुधार्ने, प्रभावकारी Prompt कसरी लेख्ने, AI-assisted Software Development गर्दा Security कसरी सुनिश्चित गर्ने तथा AI लाई मानिसको आवश्यकता र जिम्मेवार प्रयोगसँग कसरी जोड्ने जस्ता व्यावहारिक विषयहरू कार्यक्रममा समेटिएका छन् ।

AI ले Website Development, Content Creation, Marketing र Business Operation परिवर्तन गरिरहेको छ । तर Open Web, Privacy, Security र Human Judgement पनि उत्तिकै महत्त्वपूर्ण छन् । त्यसैले कार्यक्रममा AI का सम्भावनासँगै यसको जिम्मेवार, सुरक्षित र Human-centred प्रयोगबारे पनि वास्तविक छलफल हुनेछ ।

यस्तो ठूलो समुदायमा आधारित कार्यक्रम आयोजना गर्दा सबैभन्दा चुनौतीपूर्ण र सन्तुष्टि दिने पक्ष के रह्यो ?

सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको सीमित स्रोत र Volunteer-driven Team मार्फत धेरै फरक कामलाई समयमै एउटै दिशामा अघि बढाउनु हो ।

Venue, Budget, Sponsors, Speakers, Volunteers, Production, Promotion र Attendee Experience यी सबै एकअर्कासँग जोडिएका हुन्छन् । एउटा निर्णयमा ढिलाइ हुँदा त्यसको प्रभाव अर्को टिममा पनि पर्न सक्छ ।

यस वर्ष बाहिरबाट आउने सहभागीहरूको Travel Concern र कार्यक्रमसम्बन्धी सही सूचना समयमै पुर्‍याउनु पनि महत्त्वपूर्ण चुनौती बनेको छ । तर सबैभन्दा सन्तुष्टि दिने पक्ष भनेको Community का मानिसहरू आफ्नो समय, ज्ञान र ऊर्जा स्वेच्छाले दिएर अगाडि आएको देख्नु हो । कसैले पहिलोपटक Volunteer गर्छ, कसैले Speaker बन्ने साहस गर्छ र कसैले Contributor Day बाट Open Source मा आफ्नो यात्रा सुरु गर्छ । यिनै कुराले हाम्रो सम्पूर्ण मेहनतलाई सार्थक बनाउँछन् ।

यसपटकका वक्ता र सेसनहरूबारे केही बताइदिनुस् न ।

यसपटक नेपालसँगै भारत, बंगलादेश र फिलिपिन्सलगायत विभिन्न देशका अनुभवी वक्ताहरू सहभागी हुँदै हुनुहुन्छ । सेसनहरू Technical Development मा मात्र सीमित छैनन् । AI, Security, Business, Marketing, Education, Licensing, E-commerce र Human-centred Technology सम्मका विषय समेटिएका छन् ।

उदाहरणका रूपमा Effective Prompting, AI-powered Development Workflow, AI-assisted Software Development को Security, WordPress लाई ठूलो Scale मा सञ्चालन गर्दाका अनुभव, FOSS Licensing, Conversations लाई Clients मा बदल्ने तरिका, WordPress Education Programs तथा नेपालको Fragmented Payment Ecosystem जस्ता विषयमा सेसनहरू छन् ।

यसले सहभागीलाई नयाँ Tools को जानकारी मात्र नभई Real-world Workflows, व्यावसायिक अनुभव, सम्भावित जोखिम र त्यसका समाधान समेत बुझ्ने अवसर दिनेछ ।

Networking र नयाँ सम्बन्ध बनाउन कस्तो वातावरण तयार पार्दै हुनुहुन्छ ?

WordCamp को विशेषता Stage मा हुने Sessions मात्र होइन, Session बाहिर हुने Conversation पनि हो । कहिले काहीँ Hallway मा भएको १० मिनेटको कुराकानीले नयाँ Job, Client, Project, Mentor वा लामो समयको मित्रताको सुरुआत गरिदिन सक्छ ।

त्यसैले हामीले Session Breaks, Shared Spaces, Workshops, Contributor Day Tables, Sponsor Booths र सामूहिक भोजनका समयलाई पनि Networking सहज हुने गरी योजना बनाइरहेका छौँ ।

Contributor Day अझ प्रभावकारी Networking Space हो, किनकि त्यहाँ मानिसहरू परिचय साटेर मात्र बस्दैनन्, एउटै टेबलमा बसेर वास्तविक काम गर्छन् । यसरी बनेको सम्बन्ध धेरै स्वाभाविक र दीर्घकालीन हुन्छ ।

पहिलोपटक आउने व्यक्तिले पनि आफू एक्लो महसुस नगरोस् भन्ने वातावरण निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।

WordCamp Kathmandu ले नेपालको समग्र Tech तथा Digital Ecosystem लाई कसरी फाइदा पुर्‍याउन सक्छ ?

WordPress Community आफैँमा Developers को मात्र Community होइन । यसमा Designers, Marketers, Content Creators, Entrepreneurs, Educators, Freelancers, Agencies र Students सबै जोडिएका छन् ।

त्यसैले WordCamp मा हुने ज्ञान र Connection को प्रभाव WordPress बाहिरको समग्र Digital Ecosystem सम्म पुग्न सक्छ । यसले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय Experts र Communities सँग जोड्छ, विद्यार्थीलाई Technology Career को बाटो देखाउँछ, Freelancers तथा Agencies लाई आफ्नो सेवा सुधार्न सहयोग गर्छ र व्यवसायलाई Digital Platform तथा नयाँ प्रविधिको प्रभावकारी प्रयोग बुझ्न मद्दत गर्छ ।

विशेष गरी Open Source र AI सम्बन्धी Practical Knowledge ले नेपाललाई प्रविधिको उपभोक्ता मात्र नभई Creator र Contributor बन्न पनि प्रेरित गर्न सक्छ । यही Culture दीर्घकालमा नेपालको Digital Economy का लागि महत्त्वपूर्ण हुन्छ ।

WordCamp Kathmandu 2026 लाई तीनवटा शब्दमा भन्नुपर्‍यो भने ?

मेरो लागि ती तीन शब्द हुन्- “सिकाइ, सहकार्य र सम्भावना ।”

सिकाइ, किनकि यहाँ हरेक व्यक्तिले केही नयाँ कुरा सिक्न सक्छ । सहकार्य, किनकि WordPress र Open Source को आधार नै मिलेर काम गर्नु हो । अनि सम्भावना, किनकि यहाँ बनेको एउटा Connection, सिकेको एउटा Skill वा सुरु गरिएको एउटा Contribution ले कसैको Career, Business वा Community Journey लाई नयाँ दिशा दिन सक्छ ।

पहिलोपटक सहभागी हुन लागेकालाई ‘यसपटक आउनैपर्छ’ भन्नुपर्दा किन आउन भन्नुहुन्छ ?

WordCamp मा आउनका लागि तपाईं WordPress Expert हुनैपर्छ भन्ने छैन । WordPress, Technology, AI, Design, Content, Marketing, Freelancing, Business वा Open Source मध्ये कुनै एउटा विषयमा मात्र जिज्ञासा छ भने पनि यो कार्यक्रम तपाईंका लागि हो ।

दुई दिनमा तपाईंले अनुभवी व्यक्तिहरूबाट Practical Knowledge सिक्न सक्नुहुन्छ, आफ्नो पहिलो Open-source Contribution गर्न सक्नुहुन्छ र सामान्य अवस्थामा भेट्न गाह्रो हुने Local तथा International Professionals सँग प्रत्यक्ष जोडिन सक्नुहुन्छ ।

सायद तपाईं एउटा Session सुन्न आउनुहुन्छ, तर फर्किंदा नयाँ Skill, Mentor, Collaborator, Client, Career Idea वा Community लिएर जान सक्नुहुन्छ । त्यसैले म भन्छु- आफ्नो Laptop, जिज्ञासा र नयाँ कुरा सिक्ने खुला सोच लिएर आउनुहोस् । बाँकी Connection र Opportunity WordCamp ले सिर्जना गर्नेछ ।