काठमाडौं । स्प्रेडसिटमा काम गर्ने प्रयोगकर्ताका लागि गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुवै लोकप्रिय उपकरण हुन् । कार्यालयको कामदेखि व्यक्तिगत हिसाबकिताबसम्म विभिन्न प्रयोजनमा यी प्लेटफर्म प्रयोग हुने गरेका छन् ।
गूगल सिट्समा तयार गरिएको फाइल अरू व्यक्तिलाई माइक्रोसफ्ट एक्सेलको फर्म्याटमा पठाउनुपर्ने अवस्था आएमा छुट्टै डाउनलोड गरेर फेरि इमेलमा संलग्न गर्नैपर्ने हुँदैन । गूगल सिट्समै उपलब्ध सुविधामार्फत सिधै एक्सेल फर्म्याटमा इमेल पठाउन सकिन्छ ।
यसका लागि सुरुमा गूगल सिट्समा पठाउनुपर्ने स्प्रेडसिट खोल्नुहोस् । त्यसपछि माथिल्लो भागमा रहेको ‘File’ विकल्पमा क्लिक गर्नुहोस् । त्यहाँ देखिने विकल्पमध्ये ‘Email as an attachment’ चयन गर्नुहोस् । त्यसपछि फाइल कुन ढाँचामा पठाउने भन्ने विकल्प आउनेछ ।
‘Attach as’ अन्तर्गत Microsoft Excel फर्म्याट छनोट गर्नुहोस् । त्यसपछि फाइल पठाउनुपर्ने व्यक्तिको इमेल ठेगाना, विषय र आवश्यक सन्देश लेख्नुहोस् । सबै विवरण पूरा भएपछि ‘Send’ मा क्लिक गर्नुहोस् । यसपछि गूगल सिट्समा तयार गरिएको फाइल Excel (.xlsx) फर्म्याटमा इमेलमार्फत सम्बन्धित व्यक्तिसम्म पुग्नेछ ।
यसरी गूगल सिट्सको फाइललाई छुट्टै डाउनलोड गरेर फर्म्याट परिवर्तन गर्नुपर्ने झन्झटबिना नै एक्सेल फाइलका रूपमा पठाउन सकिन्छ ।
आईसीटी समाचार