कीवर्डहरू -

ह्वाट्सएप चलाउँदा मोबाइल डेटा बचाउन चाहनुहुन्छ ? यो सेटिङ अन गर्नुहोस्

ह्वाट्सएप चलाउँदा मोबाइल डेटा बचाउन चाहनुहुन्छ ? यो सेटिङ अन गर्नुहोस्

काठमाडौं । इन्टरनेटमा आधारित सञ्चार सेवाको प्रयोग बढेसँगै ह्वाट्सएपबाट हुने भ्वाइस तथा भिडियो कल पनि धेरैको दैनिक आवश्यकता बनेको छ । तर मोबाइल डेटा प्रयोग गरेर लामो समयसम्म कल गर्दा डेटा छिट्टै सकिने समस्या हुन सक्छ ।

ह्वाट्सएपमा भने कल गर्दा हुने डेटा खपत घटाउन सकिने एउटा उपयोगी सेटिङ उपलब्ध छ । यो विकल्प सक्रिय गरेपछि भ्वाइस वा भिडियो कलका क्रममा प्रयोग हुने मोबाइल डेटा कम गर्न सकिन्छ ।

यसका लागि ह्वाट्सएप एपलाई पछिल्लो संस्करणमा अपडेट गर्नु उपयुक्त हुन्छ । त्यसपछि तलका चरण पालना गर्न सकिन्छ ।

ह्वाट्सएप कलमा डेटा खपत कसरी घटाउने ?
सबैभन्दा पहिले स्मार्टफोनमा WhatsApp खोल्नुहोस् । त्यसपछि माथिल्लो भागमा रहेको तीन थोप्ला (⋮) मा ट्याप गरेर Settings मा जानुहोस् । Settings खुलेपछि Storage and Data विकल्प चयन गर्नुहोस् ।

अब त्यहाँ रहेको Use Less Data for Calls विकल्प खोज्नुहोस् । उक्त विकल्पको छेउमा रहेको Toggle अन गर्नुहोस् । सेटिङ सक्रिय भएपछि ह्वाट्सएपमा गरिने भ्वाइस तथा भिडियो कलमा डेटा खपत कम हुने गरी कल सञ्चालन हुनेछ ।

डेटा बचतका लागि उपयोगी सेटिङ
विशेष गरी मोबाइल डेटा प्रयोग गरेर नियमित रूपमा ह्वाट्सएप कल गर्ने प्रयोगकर्ताका लागि यो विकल्प उपयोगी हुन सक्छ । डेटा सीमित भएका अवस्थामा यस्तो सेटिङ सक्रिय गर्दा कलका क्रममा हुने डेटा प्रयोग घटाउन सहयोग पुग्छ ।

यद्यपि डेटा खपत कम गर्ने क्रममा कलको गुणस्तरमा केही प्रभाव पर्न सक्ने सम्भावना रहन्छ । त्यसैले आवश्यकताअनुसार प्रयोगकर्ताले यो विकल्प अन वा अफ गर्न सक्छन् ।