काठमाडौं । दशैं नजिकिँदै गर्दा दुईपांग्रे सवारीसाधन कम्पनीहरूले उपभोक्तालाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गर्न थालेका छन् । यही क्रममा टीभीएसले पनि दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि. ले ल्याएको उक्त योजनामा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार पाउनेछन् । अर्थात्, टीभीएसको नयाँ दुईपांग्रे खरिद गर्ने ग्राहकले योजना अवधिमा कुनै न कुनै निश्चित लाभ पाउने व्यवस्था गरिएको छ ।
कम्पनीले दशैंको अवसरमा ग्राहकलाई थप आकर्षित गर्न दैनिक लक्की ड्रको समेत व्यवस्था गरेको छ । लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्मको निःशुल्क सर्भिस प्राप्त गर्नेछन् ।
यसले सवारीसाधन खरिदको समयमा मात्र नभई खरिदपछि पनि ग्राहकलाई लाभ दिने कम्पनीको योजना छ । विशेष गरी सवारी साधनको नियमित मर्मत तथा सर्भिसिङमा हुने खर्चलाई ध्यानमा राख्दा पाँच वर्षसम्मको नि:शुल्क सर्भिस ग्राहकका लागि थप आकर्षण बन्न सक्ने देखिन्छ ।
त्यस्तै, नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि कम्पनीले सहज फाइनान्स सुविधा समेत उपलब्ध गराउने जनाएको छ । फाइनान्स सुविधा भने सम्बन्धित नियम तथा सर्तअनुसार उपलब्ध हुनेछ ।
योजना सार्वजनिक गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई ग्राहकका लागि थप विशेष बनाउने उद्देश्यले ‘टीभीएस गोल्डेन की’ योजना ल्याइएको बताए ।
उनले दशैं नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व भएकाले ग्राहकलाई सवारीसाधन खरिदमा अतिरिक्त मूल्य र लाभ दिने प्रयास गरिएको बताए । उनका अनुसार योजनामा प्रत्येक ग्राहकले निश्चित पुरस्कार पाउनेछन् भने दैनिक लक्की ड्रले थप जित्ने अवसर प्रदान गर्नेछ ।
त्यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई केन्द्रमा राखेर योजना ल्याइएको बताए । उनले निश्चित पुरस्कारसँगै दैनिक लक्की ड्र र फाइनान्स सुविधाले टीभीएसका दुईपांग्रे सवारीसाधन खरिदलाई थप सहज र आकर्षक बनाउने दाबी गरे ।
नेपालमा टीभीएसको आधिकारिक वितरकका रूपमा जगदम्बा मोटर्सले लामो समयदेखि मोटरसाइकल तथा स्कुटरको बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले देशभर विस्तार भएको आफ्नो बिक्री तथा सर्भिस नेटवर्कमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । ‘टीभीएस गोल्डेन की’ योजनासहित टीभीएसका उत्पादन तथा अफरबारे थप जानकारी टीभीएस नेपालको आधिकारिक वेबसाइट बाट लिन सकिनेछ ।
आईसीटी समाचार