कीवर्डहरू -

अब त्रिभुवन विमानस्थलमा स्क्रिनमै देखिनेछ यात्रुको ब्यागेज, प्रतीक्षा समय समेत अनुमान गर्न सकिने

अब त्रिभुवन विमानस्थलमा स्क्रिनमै देखिनेछ यात्रुको ब्यागेज, प्रतीक्षा समय समेत अनुमान गर्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउन ब्यागेज ड्रप एरियाको लाइभ फिड आगमन कक्ष (अराइभल) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ ।

यस सुविधामार्फत यात्रुहरूले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् । साथै, ब्यागेज प्राप्त गर्न कति समय लाग्न सक्छ भन्ने अनुमान गर्न पनि सहज हुनेछ ।

विमानस्थलको यो पहलले ब्यागेज पर्खनुपर्ने यात्रुको समयलाई थप सहज बनाउनुका साथै सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

यात्रुलाई विमानस्थलमा थप सहज, व्यवस्थित र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।