कीवर्डहरू -

चिनियाँ जासुस र आफ्नै कर्मचारीसँग अफेयरको आरोपपछि एनभिडियाका सीईओको राजीनामा

चिनियाँ जासुस र आफ्नै कर्मचारीसँग अफेयरको आरोपपछि एनभिडियाका सीईओको राजीनामा

काठमाडौं । विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले दुई महिलासँग अबैध सम्बन्ध राखेको आरोपपछि पदबाट राजीनामा दिएका छन् ।

ह्वाङमाथि एक जना शंकास्पद चिनियाँ जासुस र कम्पनीकै एक कर्मचारीसँग अबैध सम्बन्ध रहेको आरोप लागेको बताइएको छ । कम्पनीले बिहिबार दिएको जानकारीअनुसार, नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीकी वित्त प्रमुख कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्नेछिन् ।

कम्पनीको सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी प्रक्रिया सुरु गरिसकेको छ । नयाँ सीईओ नियुक्तिका लागि कम्पनीभित्रकै योग्य व्यक्तिका साथै बाहिरका उम्मेदवारलाई पनि विचार गरिने कम्पनीले जनाएको छ ।