कीवर्डहरू -

नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने

नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका स्थायी बासिन्दालाई लक्षित गरी १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल मार्केटिङसम्बन्धी सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिबाट नगरपालिकाले आवेदन माग गरेको छ । नगर कार्यपालिकाको कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई मंसिर २१ गतेभित्र आवेदन पेस गर्न आग्रह गरेको हो ।

नगरपालिकाका अनुसार इच्छुक व्यक्तिले कार्यालय समयभित्र सामाजिक विकास शाखामा निवेदन बुझाउन सक्नेछन् । आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

त्यस्तै, यसअघि कम्प्युटरसम्बन्धी तालिम लिएको वा अध्ययन गरेको भए त्यसको प्रमाणपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्नेछ । तालिम अवधिभर नियमित रूपमा सहभागी हुने प्रतिबद्धतासहितको स्वघोषणापत्र पनि आवेदनसँगै पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

यसअघि समान प्रकृतिको तालिम लिइसकेको भए सोसम्बन्धी विवरण समेत आवेदनमा खुलाउनुपर्नेछ । नगरपालिकाले स्थानीय बासिन्दाको डिजिटल मार्केटिङसम्बन्धी ज्ञान र व्यावसायिक सीप विकास गरी उनीहरूलाई डिजिटल क्षेत्रमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

null