कीवर्डहरू -

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

काठमाडौं । एघारौँ संस्करणको ‘आइसिटी अवार्ड २०२६’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ घोषणा गरिएको हो ।

कम्पनीका अनुसार, यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२६ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’को रुपमा पुष पहिलो साता एघारौँ संस्करणको आइसिटी अवार्ड हुनेछ ।

उत्कृष्ट ५ छनौटका लागि मंसिर ५ र ६ ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरूले १४ जना विज्ञ जुरी समक्ष आफ्नो स्टार्टअप, इन्नोभेसन र परियोजना बारे प्रस्तुती दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए ।

ग्राण्ड जुरीसहित आइसिटी अवार्डका विभिन्न प्रि-इभेन्टलाई समेटेर मंसिर १६ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा प्रसारण हुनेछ । स्टार्टअप आइसिटी अवार्ड २०२६ विधामा उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा एक्सेलेरेटेड कम्प्युटिङ प्राइभेट लिमिटेड, गरुडएक्स मल्टिपर्पज प्राइभेट लिमिटेड, गोमाइगो बुकिङ्स प्राइभेट लिमिटेड, लुमिनो टेक्नोलोजी प्राइभेट लिमिटेड र योद्धा ल्याब प्राइभेट लिमिटेडरहेका छन् ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२६ विधामा बाइटआउट, सेन्ट्रोनिक्स, एक्साना, वानबीएनपीएल र पीडीएफमर्जेली उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ विधाका उत्कृष्ट ५ मा इभोमो, लाइफ लाइन, प्रेडिक्सन अफ प्रेडिक्सन, सिन्याप्टिक र ट्राफिक आई रहेको कम्पनीले जानकारि दिएको छ ।

साथै सोसल इन्नोभेसन विधामा बरबर्दिया एग्रो-मेट्रोलोजिकल मेसेज एन्ड एड्भाइजरी सिस्टम, निदान ईएचआर, खेल्दै सिक्दै कक्षा, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन र राइड टु अर्न उत्कृष्ट ५ मा परेका छन् ।

आइसिटी अवार्ड २०२६ का यी ४ विधाहरुमा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप र सोसल इन्नोभेसन विधामा उत्कृस्ट १० तथा प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृस्ट १५ सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो ।

सेमिफाइनलिष्टहरूले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत मंसिर ३ र ४ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२६ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए। उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक भोटिङ सुरू भएको छ ।

‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाइ भोट गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन, फिल्ड भिजिट र पब्लिक भोटिङका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ ।

साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२६ मा सहभागी हुन पाउने छन् । यस विधाका लागि ‘हाम्रो पे’बाटै आफुलाई मनपर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिनेछ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ ।