कीवर्डहरू -

अटो

उच्च प्रविधि युक्त जेसिस्टको राया-जीइलेक्ट्रिक स्कुटर नेपाली बजारमा

काठमाडौं आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको बेला इन्डोनेसियाको जेसिस्ट टेक्नोलोजीमा निर्मित जेसिस्ट राया-जी विद्युतीय स्कुटर नेपाली बजारमा आएको छ । स्कुटर ए मभि दुगड ग्रुप अन्तर्गत विवेक अटोमोवाईस् प्रालिले जेसिस्ट राया-जी इलेक्ट्रिक स्कुटर हालसालै बजारमा ल्याएको हो ।

कम्पनीले यस अघि जेसिस्ट जीवान ९न्ज्ञ० स्कुटर बजारमा पठाएपछि प्रयोगकर्ताको राम्रो प्रतिक्रिया र अझ प्रविधि मैत्रीस्कुटरको माग पश्चात जेसिस्ट राया-जी इलेक्ट्रिक स्कुटर बजारमा ल्याइएको हो । विशेष गरि युवाहरुलाई लक्षित गरी ल्याइएको यो स्कुटर नेपाली माटो र भू-धरातल सुहाउँदो भएको कम्पनीको दावी छ ।

अत्याधुनिक प्रविधियुक्त भएको यो स्कुटर दुई वटा मोडमा चलाउन सकिन्छ । पहिलो लो मोडमा ५२ किलो मिटर प्रति घण्टा र दोस्रो हाई मोड जसमा ७५ किलोमिटर प्रति घण्टाको दुरिमा चलाउन सकिन्छ । यस स्कुटरको मोटर पिक पावर ३ हजार वाट रहेको छ । स्कुटरको सबै भन्दा राम्रो पक्ष भनेको मिड ड्राइभ मोटर, बेल्ट ड्राइभ सिस्टम, स्विङ आर्म सिस्टम र पछाडी मोनो सकका साथै डिजिटल डिस्प्ले रहेको छ ।

जसले गर्दा स्कुटर पानी, हिलो, अफ रोड (ग्रावेल), उकालो बाटोको लागि अति नै उपयुक्त छ । त्यस्तै अर्को राम्रो पक्ष भनेको मोबाइल चार्जिङ प्वाइन्ट २ वटा एकै ठाउँमा राखिएको छ ।सेफ्टी सुरक्षाको लागि दुवै तिर डिक्स ब्रेक दिइएको छ भने एचआइडी प्रोजेक्शन हेड लाइट सिष्टम जडान गरिएको हुँदा रातको समयमा टाढा सम्म चम्किलो प्रकाश प्रदान गर्ने भएकाले यात्रा गर्न सहज हुनेछ ।

यस स्कुटरमा ७२ भोल्ट २० एम्पिएर क्षमताको ब्याट्री प्रयोग गरिएको हुन्छ, जसलाई चार्ज फुलगर्न ३ घण्टा लाग्ने छ । कम्पनीले ब्याट्रीमा ३ वर्ष ग्यारेन्टि र १ हजार चार्जिङ साइकल दिइएको छ । त्यस्तै स्कुटरमा २ वटा ब्याट्री रहेको छ । एउटा ब्याट्रीको वजन ८ के.जि.को छ, जसले गर्दा सजिलै सँग बोकेर चार्ज गर्ने ठाउँसम्म लैजान सकिन्छ ।

स्कुटरमै पनि चार्जिङ्ग प्वाइन्ट समेत राखिएको हुँदा सिधै चार्ज गर्न पनि सकिने छ । यसको रेन्ज सिंगल ब्याट्रीले ६० किलोमिटर र डबल ब्याट्रीले १२० किलोमिटर यात्रागर्न सकिन्छ । साथै यस मोडेलमा साइड स्ट्याण्ड कट आवट सेन्सर प्रदान गरिएको छ ।

राया-जी स्कुटर म्याट रातो, म्याट सिल्भर र म्याट निलो गरि तीन वटा कलरमा उपलब्ध छ । यसको मूल्य रु. ३ लाख २० हजार पर्नेछ, भन जेसिस्ट जीवान स्कुटरको मूल्य रु ३ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ । यो स्कुटर रातो, सेतो र कालो गरितीन वटा कलरमा उपलब्ध छ । उच्च प्रविधियुक्त टेक्नोलाजि जडित यो स्कुटर सबैको रोजाईको साधन बन्ने कम्पनीको विश्वास छ ।

विश्वभर वातावरणीय प्रदुषण बढिरहेको अवस्थामा विद्युतिय स्कुटर प्रवद्र्धन गर्दै आम उपभोक्तालाई बानी पार्न सकेमा वातावरणीय संरक्षणमा समेत टेवा पुग्ने छ ।

अटो

मिनीका दुई विद्युतीय कार सार्वजनिक

विद्युतीय सवारी साधन निर्माता कम्पनी मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्…

विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालन…

जीडब्लुएमको विद्युतीय गाडी ओरा ०३ को डेलिभरी सुरु, यस्ता छन् सुविधा

भीजी ईम्पेक्सले नेपालमा जीडब्लुएमको इलेक्ट्रिक-क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको…

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ …

२३ लाखमै विद्युतीय गाडी हेनरी मिनकार पाइने

विद्युतीय गाडी हेनरी मिनकार २३ लाखमै पाइने भएको छ । शुक्रबारदेखि भृकुटिमण्डपमा स…

शुक्रबारदेखि अन्तर्राष्ट्रिय ईभी प्रदर्शनी, १०० भन्दा बढी कम्पनीको सहभागीता रहने 

नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा…

साउन महिनामा इलेक्ट्रीक कार आयातमा कमी 

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा इलेक्ट्रीक कार (इभी) आयातमा कमी  आएको …

तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्…

सांग्रिला मोटर्सले शुरु ग¥यो सिट्रोन इ–सि थ्रीको हस्तान्तरण

काठमाडौँ, भाद्र १– नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.…

अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने 

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले आफ्…

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका…

संघीय संसद् सचिवालयलाई चीनले दियो आठवटा विद्युतीय गाडी

चीन सरकारले संघीय संसद् सचिवालयलाई आठवटा विद्युतीय गाडी उपलब्ध गराएको छ। चीन सरक…

सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला, १ लाखमै बुकिङ गर्न सकिने 

फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला भएको छ । सिट्रोन …

जिडब्लुएमका गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध हुने

जिडब्लुएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स …

अब तीन दिनभित्रै टाटा मोटर्सका विद्युतीय गाडीको फाइनान्सिङ सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्…