कीवर्डहरू -

शिक्षा

दमकमा क्याम्ब्रिजको अस्ट्रेलियाबारे सेमिनार सम्पन्न

विगत सात वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले दमकमा अस्ट्रेलिया बारे सेमिनार गर्ने भएको छ ।
अस्ट्रेलियामा विद्यार्थी जीवन कस्तो हुने र त्यसका लागि अभिभावक तथा विद्यार्थीले कुन किसिमको तयारी गर्नुपर्छ भन्ने बारे सेमिनारमा विद्यार्थीसँग छलफल गरिने क्याम्ब्रिजका संस्थापक शिशिर सिम्खडाले बताए । सेमिनारमा अस्ट्रेलियाको क्विन्स फोर्ड कलेज र भाइब्स कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर प्रकाश पाण्डेले अस्ट्रेलिया बसाइ बारे सहजीकरण गर्नेछन् ।

\"\"
अस्ट्रेलिया जानुअघि कस्तो विद्यालय छनोट गर्ने, कुन विषय छनोट गर्दा विद्यार्थीको भविष्य सही हुन्छ र यसका लागि के–के प्रक्रिया आवश्यक हुन्छ भन्ने बारेमा विस्तृत जानकारी दिन सेमिनार आयोजना गरिएको दमक शाखा प्रमुख निशान सिम्खडाले बताए । उनले विद्यार्थीको सहयोगका लागि क्याम्ब्रिजले अस्ट्रेलियामा समेत सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।


लामो समयदेखि भारतका लागि शैक्षिक परामर्श गर्दै आएको क्याम्ब्रिजले हाल अस्ट्रेलिया, अमेरिका, बेलायत लगायत शैक्षिक गन्तव्यका लागि परामर्श दिँदै आएको छ । काठमाडौँलाई केन्द्रविन्दु बनाएर क्याम्ब्रिजले बिर्तामोड, दमक, इलाम, विराटचोक, विराटनगर, इटहरी, धरान, चितवन, काठमाडौँकै नयाँ बानेश्वरलगायत स्थानका शाखाबाट शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको छ । क्याम्ब्रिजले भाषा तयारी कक्षा आईईएलटीएस र टोफल पनि गराउँदै आएको छ ।

शिक्षा

नेपालका  बिद्यालय तथा बिद्यार्थीहरुको लागि  लाइब्रेरी नेपाल डट कमको सुरु

पुस १९ गते शिक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा लाइब्रेरी नेपा…

वेबसाइट बनाउने सजिलो तरिका- ‘कन्टेन्टडर’

आजको जमानामा वेबसाइट अनिवार्य जस्तै भइसकेको छ । सामान्य व्यक्तिदेखि व्यवसायिक संगठन सबैले आफ्नो वेबसाइटलाई दैनिकीसँग जोडिरहेका छन् । अब हरेक बिजनेश सफल …

सम्भावना ई-कमर्समा

वेबमा अहिले सबैभन्दा लोकप्रिय बनेको छ, सपिङ । कुनै वस्तु वा सेवाको मार्केटिङ गर्ने उत्तम थलो नै अनलाइन बनिरहेकै बेला अनलाइनमै खरिदविक्री हुनु अचम्म रहेन ।…

राज्यमन्त्री विष्टले गरे एसआइसिटी नेपालको प्रशंसा, आइटी विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता

विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी विद्याथीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको वि…

माघ ११ देखि सुबिसु क्यान इन्फोटेक २०१८ हुने, भोलीदेखि स्टल बुकिङ खुला

आगामी माघ ११ देखि २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८’ सञ्चालन हुने भएको छ । क्यान महासंघको आयोजनामा हुने इन्फोटेक सूचना तथा सञ्चार प्रविधिको वृह…

आइटी विद्यार्थीलाई न्याय दिलाउन एसअाइसिटी नेपालले थाल्यो दबाबमुलक कार्यक्रम

सोसाइटी फर इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजी नेपाल (SICT Nepal)ले आइटी पढेका जनशक्तिलाई राज्यका अंगमा समानपूर्वक पहुँच दिलाउन दबाबमुलक कार्यक्रम थालेको छ…

देशभर आइटी अफिसर माग्दा आइटी विद्यार्थीलाई नै अन्याय

स्थानीय विकास मन्त्रालयले हालै सूचना प्रविधि अधिकृतका लागि गरेको दरबन्दी आह्वानमा सूचना प्रविधि पढिरहेका विद्यार्थीहरुलाई नै अन्याय गरिएको छ । त्रिभुवन विश्…

मोबाइल कम्प्युटिङ : हिजो, आज र भोली

शैलेश ज्ञवाली
ढुंगे युगको समयवाट आज मानवियता र मानव गतिको विकास २१ औ शताब्दीसम्म आइपुगेको छ । त्यो समयमा हामीले खाने र…

सुबिसु क्यान कमटेक २०१७ सम्पन्न

भदौ २९ देखि राजधानीको भृकुटीमण्डपमा आयोजित “सुबिसु क्यान कमटेक २०१७” सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले…

आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको फड्को

नेपालमा सूचना तथा प्रविधि (आइटी) क्षेत्रको विकासलाई ट्रेनिङ सेवा प्रदायक कम्पनीका रुपमा योगदान दिँदै अएको ब्रोडवे इन्फोसिस नेपालले आफ्नो स्थापनाको १० वर्ष …

कमटेकमा अवलोकनकर्ताको घुइँचो, आज अन्तिम दिन

राजधानीमा जारी “सुबिसु क्यान कमटेक २०१७” को हिजो तेस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्…