कीवर्डहरू -

फिनटेक

‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’ 

बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचालनको अन्तिम तयारीमा रहेको नमस्ते पेलाई जेठ मसान्तसम्म सुरु गर्ने तयारी भइरहेको छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा नमस्ते पे संचालनमा आउँदै छ ।

कोरोना संक्रमणले सामान ढिलाइ भए पनि अब संचालनको अन्तिम तयारी भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।

‘अहिले हामीले कामलाई तीव्रता दिएका छौं । इन्टरकनेक्सन सम्झौता भइरहेकाछन्,’ अधिकारीले भने, ‘सम्भवत यो जेठको मसान्तसम्म सेवा संचालनमा ल्याउँछौं ।’

कोरोना संक्रमणका कारणले उपकरण आयातमा असर हुदा संचालनमा आउन ढिला भएको उनको भनाइ छ ।

कार्गो प्लेन नपाएर, नियमित उडान नभएका कारणले समयमा सामान आउन सकेका छैनन् । सामान ल्याएर जडान गर्ने र सिस्टम चलाउने बेलामा सप्लायर कम्पनीका व्यक्तिहरुलाई कोरोनाबाट संक्रमित हुदा थप समस्या भएको थियो ।

बजारमा प्रतिस्पर्धाको चुनौति भए पनि अहिले बजारमा विश्वासशिलो पार्टन चाहिएकोले नमस्ते पे छिट्टै बजारमा स्थापित हुने उनको भनाइ छ ।

‘विश्वास गर्न लागि कस्तो कम्पनी आएको हो भन्नेमा भर पर्छ,’ अधिकारीले भने, ‘नेपाल टेलिकम र वाणिज्य बैंक दुवै सरकारी कम्पनी भएकाले विश्वास आर्जन गर्छ।’
अहिले मुलुकको कुल भुक्तानीको १० प्रतिशतभन्दा कम डिजिटल कारोबारमा छ । यसलाई बिस्तार गर्नु पर्ने र त्यसको लागि डिजिटल पेमेन्ट कम्पनीले काम गर्दै जानु पर्ने उनको भनाइ छ ।

साथै यसमा अन्तर्राष्ट्रिय स्तरको सलुसन ल्याएको हुनाले डिजिटल पेमेन्ट कम्पनीमा छिट्टै मार्केट लिड गर्छौ,’ उनले भने, ‘क्यासलेस सोसाइटी बनाउनमा यसले सहयोग गर्छ भन्ने अपेक्षा छ ।’

अहिले पनि हाम्रो समाज भनेको क्यासलाई नै पैसा मान्ने खालको भएको र चेकलाई पनि पैसा नमान्ने अवस्थामा भएकाले यसमा अझ गर्नु पर्ने काम भएको उनको भनाइ छ ।

कम्पनीको अधिकृत पुँजी र चुक्तापँजीका सबैभन्दा धेरै छ । कम्पनीको सहयोगमा ‘जायन्ट’ कम्पनीको व्याकअप भएकाले यसको संचालन गर्न सजिलो र छिट्टै उपभोक्ताको विश्वास जित्ने अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार नेपाल डिजिटल पेमेन्ट्सको चुक्ता पुँजी ४० करोड रुपैया रहेको छ । यही चैत ३ गते राष्ट्र बैंकबाट ‘नमस्ते पे’ले स्वीकृत पाएको थियो ।

चुक्ता पुँजिका आधारमा हेर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त २८ वटा भुक्तानी सेवा प्रदायकमा सबैभन्दा ठूला नमस्ते पे बनेको छ ।

फिनटेक

एनसेललाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति

निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले पनि भुक्तानी सेवा प्रदायकको संचाल…

क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण 

विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी  बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…

क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण 

विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी  बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट पहिलो कारोबार गर्दा सय रूपैयाँ क्यासब्याक पाइने 

महालक्ष्मी विकास बैंकले २७ औं बार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्…

नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको नमस्ते पे

नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस बीच डिजिटल भुक्तानीक…

उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी

मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …

उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी

मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …

सवारी साधनकाे किस्ता अब खल्तीबाटै, किस्ता तिर्दा ५ हजार रूपैयाँ जित्ने मौका

सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइन…

चैत महिनामा मोबाइल वालेटबाट ११ अर्ब बढीको भुक्तानी

मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको बेला मोबाइल वालेटबाट एक महिनामा ११ अर्ब…

चैत महिनामा क्युआर कोडबाट २ अर्ब ७२ करोड बढीको कारोबार 

मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबारमा वृद्धि भइरहेको छ । पछिल्लो समयमा तीव्र …

चैत महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब बढीको भुक्तानी

मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबार वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडा…

इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट इसेवामा पैसा पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र अष्ट्रेलिया को रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच…

५ हजार २ सय संस्थालाई डिजिटल पेमेन्टमा जोड्न सफल महालेखा, मरासिनी भन्छन्- हामी छिट्टै पेपरलेस हुदै छौं  

मुलुकमा डिजिटल भुक्तानी विस्तार भइरहेको बेला सरकारी निकायमा महालेखा नियन्त्रक कार्यालय (एफसिजिओ) अगाडि देखिएको छ …

अब ईसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने 

भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् ।

एनआइसी एसियाको कार्डबाट ग्यापुमा किलमेल गर्दा १५ प्रतिशत क्यासव्याक पाइने


एनआइसी एसिया बैंकको कार्ड प्रयोग गरेर ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म क्यासव्याक पाउने भएका छ…