समाचार
सकियो २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेलाको गत माघ ११ गते सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समुद्धघाटन गर्नुभएको थियो । क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ ।
प्रदर्शनीको हिजो अन्तिम दिन पनि अवलोकनकर्ताहरुको उत्तिकै उत्साह र सहभागिता रह्यो । आज मात्रै ९४,३२६ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३,७६,२४३ जनाले इन्फोटेकको अवलोकन गरेका छन । आज मेलाको अन्तिम दिन र सार्वजनिक बिदासमेत भएकाले अवलोकनकर्ताको घुइचो लाग्यो ।
आज पनि विशिष्ट अतिथिले मेलाको अवलोकन गर्नुभयो । माननीय रक्षामन्त्री भीमसेन दास प्रधान, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल उद्ध्योग बाणिज्य महासंघको, अध्यक्ष, भवानी राणा, नेपाल उद्ध्योग बाणिज्य महासंघको, बरिस्ठ उपाध्यक्ष, शेखर गोल्छा, कलाकार मदनकृष्ण श्रेष्ठ, लगायतले इन्फोटेकको अवलोकन गर्नुभएको थियो ।
यसपटक नेपाल सरकारका उच्चपदस्थ अधिकारहीहरु, राजनीतिक दलका नेताहरु, कलाकार, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सूचना प्रविधिप्रेमी सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको पायौ । यसले आम नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पु¥याउने छ भन्ने कुरामा हामी आशावादी छौ ।
ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो ठम्याई छ ।
२४औं संस्करणको इन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा इन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा स्मार्ट होम प्रविधि, हेल्थ एनालाइजर सिस्टम, प्रिन्टर, प्रोजेक्टर, बारकोड स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, स्मार्टफोन, स्मार्ट टिभी, मोबाइल वालेट, हाइस्पिड इन्टरनेट, डिजिटल टिभी, सेटअप बक्स, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेल्थ क्येयरसम्बन्धी डिजिटल प्रडक्ट, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।
त्यस्तै नेपाली विद्यार्थी, स्टार्टअप र रोबोटिक्स क्लबहरुले निर्माण गरेका इन्नोभेटिभ प्रडक्टहरुले पनि विद्यार्थी र युवाको मन लोभ्यायो ।
इन्फोटेकमा मोटोरोला, हुवावे, एमआई, वान प्लस, एचटिसी, डिटिसी जस्ता मोबाइल ब्रान्डको स्टलमा अवलोकनकर्ताको चासो देखियो । वल्र्डलिंक र एक्सन प्वइन्ट नेपालले ल्याएको स्मार्ट होम प्रविधिबारे जान्न इच्छुकहरुको संख्या पनि उत्तिकै देखियो । हाइसेन्स, सोनी, टेक्नोजका फोके स्मार्ट टिभीले पनि नेपाली उपभोक्ताको लोभ्याएको थियो ।
यसपटक सुबिसु, वल्र्डलिंकलगायतका आइएसपीले ल्याएको डिजिटल टिभी र हाइस्पिड इन्टरनेटको कोम्बो अफरले अवलोकनकर्ताको ध्यान तानेको थियो भने डिजिकम, नेटिस, टिपिलिंकलगायतले ल्याएका आधुनिक नेटवर्किङ प्रडक्टहरु पनि आकर्षको केन्द्रमा प¥यो । यसपटक ब्रोडवे इन्फोसिस, कम्प्युटर प्वइन्ट नेपाल, लावा नेपाल, जेडकिङ, लिमिटलेस एजुकेशन, इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड टेक्नोलोजी नेपाललगायतले ल्याएका आइटीका व्यवसायिक कोर्श पढ्न चाहने विद्यार्थीहरुको संख्या पनि बढेको देखियो ।
त्यस्तै सामाजिक सञ्जाल सगुनको मोबाइल एपले पनि राम्रै प्रयोगकर्ता बटुल्यो । यता नेपाली सफ्टवेयर कम्पनीहरुका लागि छुट्टै प्याभिलियन व्यवस्था गरिएको थियो । नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा उपस्थिति रहेकाले हामीलाई थप हौसला मिलेको छ । कम्पनीहरुले ल्याएका शिक्षा, स्वास्थ्य, अस्पताल, कार्यालय व्यवस्थापन, लेखा, बैंक तथा वित्तीय क्षेत्रका लागि ल्याएका सफ्टवेयरहरुको प्रवद्र्धन गर्न पनि यस इन्फोटेकले भूमिका खेलेको छ ।
क्यान इन्फोटेकको यस २४औं संस्करणको शर्ष प्रायोजन सुबिसु केबलनेट र एशोसिएट स्पोन्सर मोटोरोला रहेका थिए । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी. लिंक गोल्ड स्पोन्सरहरु– हुवावे, एमआई स्मार्टफोन र टेक्नो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस स्मार्ट टिभी रहेका थिए भने प्रिन्ट स्पोन्सरमा हाइसेन्स टिभी रहेको थियो ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसीटी कलेज तथा ट्रेनिङ्ग इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी १५० भन्दा बढी कम्पनीका २ सय २२ स्टल रहेका थिए ।
समाचार
क्यान इन्फोटेकमा डेढ लाखले गरे इन्फोटेकको अबलोकन, आइतबार बिजनेस डे
सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो…
२४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक’ सुरु
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताउनु भएको छ । राजनीतिक गतिरोधका कारण …
वान प्लस ह्याक गरि ४० हजार प्रयोगकर्ताको क्रेडिट कार्डबाट सूचना चोरी भएको आशंका
चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी वान प्ल्सले ह्याकरहरुको सिकार बन्न पुगेको छ । ह्याकरहरुले वान प्लसको वेबसाइट ह्याक गरि ४० हजार उपभोक्ताको केडिड कार्डको…
माघ ११ देखि २४औं संस्करणको क्यान इन्फोटेक
२४औं संस्करणको क्यान इन्फोटेक यही माघ ११ गतेदेखि ६ दिनसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुँदै छ । सुबिसु केबल नेटको शीर्ष प्रायोजन र मोटोरोलाको …
‘नेपाल स्कुल अन इन्टरनेट गर्भनेन्स २०१८’ सुरु
नेपालमा पहिलोपटक आयोजना गरिएको ‘नेपाल स्कुल अन इन्टरगभर्नेन्स २०१८’ (एनपी सिग) शुक्रबारदेखि सुरु भएको छ । २ दिने यो कार्यक्रम नेपाल इन्टरनेट ग…
ओपोले घटायो स्मार्टफोनको मूल्य
ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भ्यारियण्ट (…