कीवर्डहरू -

प्रोफाइल

नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबिच सहकार्य

काठमाडौं असोज, १३  । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमरुङग्राड एसियाकै ठुलो मध्यको एउटा अस्पातल हो । जहाँ ५८० बेड रहेका छन् भने ३० स्पेशल यूनिट सेन्टरहरु संचालनमा रहेका छन् । त्यस्तै यहाँ ७० वटा सहायक स्पेशल सेन्टर संचालनमा रहेको छन् । यो अस्पताल बैंकको मुख्य बजार सुकिम्भीत सोई ३ मा रहेको छ ।

\"\"

नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले चर्चित कम्पनी एसिया प्यासिफिक हेल्थकेयर इन्डस्ट्रि र बुमरुङग्राड इन्टरनेशनलसँग सहकार्य गर्दै थाइल्यान्डबाट वस्तु तथा सेवाहरु सहज रुपमा आयात गर्नेछ ।

बुमरुङग्राडले नेपाली विमारीको सेवा गर्दै स्थानीयको समर्थन पाउने अपेक्षा लिएको छ । यसका साथै बी टु बी कस्टुमरको डाउन स्ट्रिममार्फत नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडको नेटवर्क विस्तार गर्ने छ ।


यो साझेदारीबाट ग्राहकहरुले बुमरुङग्राडको गुणस्तरीय मेडिकल डायग्नोष्टिक र उपचारको अवसर प्राप्त गर्नेछन् । साथै यहि सहकार्यमार्फत विमारीहरुका लागि अनुभवी डाक्टर तथा नर्स, वल्र्ड क्लास क्लिनिकल इन्नोभेसन, र टेक्नोलोजीको व्यवस्था गरिनेछ ।

बुमरुङग्राड अन्तर्राष्ट्रिय अस्पतालले उच्च गुणस्तरीय मेडिकल केयर प्रदान गर्नुका साथै विभिन्न सेक्टरमा विशेषज्ञहरुको व्यवस्थापन गर्नेछ । बुमरुङग्राड अस्पताल पूर्णत मेडिकल इक्युपमेन्टले सुविधा सम्पन्न रहेको अस्पता हो । विश्वस्तरिय मेडिकल सेवा दिदै आएको यो अस्पताल विश्वकै उत्कृष्ट १० अस्पतालमा पर्दै आएको छ । वालस्ट्रिट जर्नलका अनुसार यो मेडिकल टुरिजमको सबैभन्दा उत्कृष्ट अस्पतालको सूचीमा रहेको छ ।

ग्लोवल हेल्थले प्रदान गर्ने एसिया प्यासेफिकको उत्कृष्ट मेडिकल टुरिजम अवार्ड २०१८समेत बुमरुङग्राडले जितेकोे छ । हेल्थ एसिया म्याग्जिनले ट्राभल एन्ड मेडिकल अफ दि एयर अवार्ड प्रदान गरेको थियो । बुमरुङग्राडले सुर्वणभूमी अन्र्तराष्ट्रिय विमानस्थलको दोस्रो तलामा अफिस काउन्टर संचालनगरी उपचारमा जाने यात्रुलाई त्यहीबाट सबै ब्यवस्थागरि अस्पताल लाने ब्यवस्थासमेत मिलाएको छ ।

बुमरुङग्राड अन्तराष्ट्रिय अस्पताल एसियाकै सवैभन्दा ठुलो नीजी अस्पताल हो । यसको ५८० भन्दा बढि बेड्, ३० स्पेशल सेन्टर, र ७० भन्दा बढि सब–स्पेशल सेन्टर रहेको छ ।

\"\"
नेपाल थाइल्यान्ड ट्रेड कर्पोरेशनका अध्यक्ष दिनेश श्रेष्ठले बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्यको सुरुवात गर्नसकेकोमा खुसी व्यक्त गरेका छन् । अब नेपाली विरामीले थाइल्यान्डको उच्चगुणस्तरको मेडिकल नेपालीले पाउने सहज वातावरण निर्माण गर्न सकेकोमा हामी अत्यन्त खुसी छौं ।


दुवै कम्पनीले गुणस्तरीय हेन्थकेयर सर्भिस प्रदान गर्दै अगाडि बढ्ने अपेक्षा गरेका छन् भने, मेडिकल टुरिजमका लागि पनि नेपाली नागरिकलाई सहयोग गर्ने बताएका छन् ।

प्रोफाइल

रेनो क्याप्चर नेपाली बजारमाआउँदै , प्रि बुकिङ्ग खुल्ला

एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …

लक्ष्मी बैंकको थ्रीडी सेक्युर भिसा डेबिट कार्डहरुको सुरुवात, इकमर्सको कारोबारमा सहज हुने

लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित <…

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अ…

एनआइसीले एसिया बैंकले पनि सुरु गर्यो भाइबर बैकिङ्ग

एन आई सी एशिया बैंकले आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक हरुले सहज रुपमा आफ्नो मोबा…

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…

नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षताम…

बैंकिङ कारोवारको जोखिम र सुरक्षा


समन्त आचार्य


सन् २०१६ फेव्रुवरिमा हाम्रो छिमेकि मुलुक वङ्गलादेशको सेन्ट्रल वैकवाट ९५१ मिलियन डलर (करीव ९७ …